शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

गाउँपालिकालाई १० देखि ३९ करोडसम्म बजेट, नगरपालिका र महानगरपालिकालाई कति ?

सोमबार, १५ जेठ २०७४, १७ : २२
सोमबार, १५ जेठ २०७४

काठमाडौं, जेठ १५– सरकारले गाउँपालिकालाई १० देखि ३९ करोडसम्म बजेट उपलब्ध गराउने भएको छ। अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार व्यवस्थापिका संसदमा बजेट भाषणा गर्दै सो को जानकारी दिएका हुन् ।

यस्तै नगरपालिकाले १५ देखि ४३ करोड र उपमहानगरपालिकाले ४० देखि ६३ करोड र महानगरपालिकाले ५६ करोडदेखि १ अर्व २३ करोडसम्म बजेट बजेट अनुदान पाउने छन् ।

यस्तै गाउँपालिकाभित्रका ५० लाखसम्म, नगरका १ करोडसम्म र उपमहानगरपालिका र महानगरपालिका २ करोडसम्मका बजेट योजना मन्त्रालयहरुहरुले स्थानीय तहलाई नै हस्तान्तरण गर्नुपर्ने बजेटमा व्यवस्था गरिएको पनि महराले जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप