संघीयतामा बजेट कसरी बिनियोजित ?
सोमबार, १५ जेठ २०७४, १७ : ४०
जेठ १५ , काठमाडौं -सरकारले संघीयता अनुकुल हुने गरी संबैधानिक निकायको क्षमता वृद्धि गर्दै स्तरोन्नती गर्ने गरि बजेट छुट्याएको छ । स्थानीय तहलाई वित्तिय अधिकारसहितको बजेट छुट्याईएको हो । संविधान कार्यान्वयन संगै शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन, बाँकि रहेका दुई तहको निर्वाचनलाई समयमै सम्पन्न गर्न सरकारले संघीयता कार्यान्वयन र वित्तिय व्यवस्थापन राम्रो संग गरेको छ । त्यसमा स्थानीय तहमा तहगत रुपमा बजेट विनियोजन गरिएको हो । गाउपालिकाको अधिकतम १० देखि ३९ करोड, नगरपालिकाले १५ देखि ४३ करोड, उपहानगरपालिकाका लागि ४० देखि ६३ करोड र महानगरपालिकाका लागि ५६ करोड देखि १ अर्ब २३ करोड सम्मको अनुदान दिने व्यवस्था गरिएको छ ।
केन्द्रीय सरकार र स्थानीय सरकार एक अर्काका परिपुरक हुने गरि कार्यक्रम तय गरिएको छ । पशुविकास, बन र वनस्पति, सडक निर्माणा लगायत कार्यक्रम स्थानीय तहले नै गर्ने भएका छन् । अहिले केन्द्रको स्थानीय विकास मन्त्रालयले गर्ने खर्च अब स्थानीय तहले नै गर्ने भएका हुन् । स्वास्थ्य तथा शिक्षा, महिला बालबालिका, खेलकुद लगायतका कार्यक्रम पनि स्थानीय तहबाट नै संचालन हुने भएका छन् । अब निशुल्क शिक्षा अन्र्तगत कक्षा १० सम्मको शिक्षकको तलब पनि स्थानीय तहले नै उपलब्ध गराउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण