शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कृषि अनुदान अब कृषककै खातामा

सोमबार, १५ जेठ २०७४, १७ : ४६
सोमबार, १५ जेठ २०७४
काठमाडौं, जेठ १५ –सरकारले कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको छ । आव २०७४÷०७५ को वजेटमा सरकारले कृषि क्षेत्रमा दिइने अनुदान कृषककै खातामा उपलव्ध गराउने व्यवस्था गरेको छ । कृषि अनुदान सम्वन्धित कृषकका पुग्ने गरि यस्तो व्यवस्था भएको हो । कृषि क्षेत्रमा वीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखिएको छ । कृषि क्षेत्रकोसमग्र विकासका लागि ३० अर्व ४० करोड वजेट विनियोजन भएको छ । यस्तै, सिंचाइलाई प्रभावकारी वनाउन २७ अर्व ४१ करोड रुपैयाँ वजेट छुट्याइएको वजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्णवहादुर महराले वताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप