शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अन्ततः महाभियोग प्रस्ताव फिर्ता

सोमबार, १५ जेठ २०७४, १८ : १३
सोमबार, १५ जेठ २०७४

काठमाडौँ, जेठ १५– प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको प्रस्ताव फिर्ता भएको छ ।

उक्त प्रस्तावका प्रस्तावक सांसद मीनबहादुर विश्वकर्मा र समर्थक टेकबहादुर बस्नेतले सभामुख ओनसरी घर्तीलाई त्यससम्बन्धी लिखित जानकारी दिँदै प्रस्ताव फिर्ता लिएका हुन् । ‘संविधान कार्यान्वयनको यो संवेदनशील घडीमा संविधानबमोजिम स्थापित राज्यका अङ्गहरुले संविधानको उद्देश्यअनुरुप काम गर्नुपर्ने बृहत्तर आवश्यकतालाई ध्यानमा राख्दै संवैधानिक अङ्गहरुका बीचमा सौहार्दता, सकारात्मक सहयोग र समझदारीको अपेक्षा गर्दै’ प्रस्ताव फिर्ता लिइएको सांसदद्वयले सभामुखलाई दिएको सूचनामा जनाइएको छ । आइतबार सत्तारुढ दलले महाभियोग प्रस्ताव अघि नबढाउन मात्रै सभामुखसमक्ष निवेदन दिएका थिए । तर नेकपा एमालेले बजेट अवरुद्ध पार्ने चेतावनी दिएपछि आज फिर्ता नै लिइएको हो । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २५१ सांसदले गत बैशाख १७ महाभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप