बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

त्रिकोणासनका यस्ता फाइदा

बुधबार, १७ जेठ २०७४, १० : १२
बुधबार, १७ जेठ २०७४
दीपक नेपाल योग प्रशिक्षक गरिने आसन भएकाले यसको नाम पनि त्रिकोणासन भएको हो । त्रिकोणासनबाट मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा धेरै नै लाभ प्राप्त हुन्छ । तर, यो आसन गर्दा प्रशिक्षकको मातहतमा रहेर या ध्यानपूर्वक सिकेर मात्र गर्नु उत्तम हुन्छ । उच्च रक्तचाप भएका बिरामीलाई यो आसन फाइदाजनक हुँदैन । त्यस्ता बिरामीले प्रशिक्षकको रोहबरमा रहेर मात्र गर्नुपर्छ । त्रिकोणासन प्राणायाम र यसका फाइदाबारे योग प्रशिक्षक दीपक नेपाल यसो भन्छन् : त्रिकोणासन गर्ने तरिका पहिलो चरणमा योगम्याटमा आरामसँग बस्नुहोस् । त्यसपछि अब गर्न लागिएको त्रिकोणासनको तस्बिर दिमागमा लिएर तयार हुनुहोस् । त्यसपछि बिस्तारै शरीरलाई उठाउनुहोस् । हात र खुट्टा एकसाथ जोड्नुपर्छ । दोस्रो चरणमा श्वास लिँदै खुट्टालाई एक मिटर फट्याउनुहोस् । दायाँ खुट्टालाई दायाँतिर ९० डिग्रीमा तेस्र्याउनुहोस् । फेरि श्वास छोड्दै त्यही स्थितिमा बस्नुहोस् । तेस्रो चरणमा अब पुनः श्वास लिँदै दुवै हातलाई फैलाएर श्वास छोड्दै दायाँतर्फा ढल्कनुहोस् । दायाँ हात दायाँ तिघ्रामा वा तल व्यवस्थित गर्नुहोस् । आफ्नो सुविधालाई ध्यानमा राखेर अभ्यास गर्नुहोस् । चौथो चरणमा बायाँ हात माथि लगेर तनक्क तन्काउनुहोस् । गर्दन घुमाएर माथि हातमा हेर्नुहोस् । यसरी आसनमा ३० सेकेन्डदेखि १ मिनेटसम्म रहन सक्नुहुन्छ । अब आसनबाट फर्कन बिस्तारै श्वास लिँदै हात माथि लिएर आउनुहोस् । त्यसपछि अर्को खुट्टातिर पनि त्यस्तै तरिकाबाट अभ्यास गर्नुहोस् । त्रिकोणासनका फाइदा त्रिकोणासनले ढाड, गर्दन र घाँटीको अभ्यास गराउँछ । यो प्राणायाम तीव्र र अधिक समयको ढाडदुखाइमा लाभकारी छ । त्रिकोणासनले तिघ्राका मांसपेशीलाई बलियो बनाउँछ । शरीरको पाचनशक्तिलाई प्रभावकारी रूपमा फाइदा गर्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप