कावुल बम बिस्फोटमा नेपाली परे–नपरेको अन्योल कायमै, परराष्ट्र भन्छ–बुझ्दैछौँ
बुधबार, १७ जेठ २०७४, १३ : ०३
जेठ १७, काठमाडौं–अफगानिस्तानको राजधानी काबुलमा राष्ट्रपति भवन र विदेशी दूतावासहरु रहेको क्षेत्रमा ठूलो विस्फोट भएको छ । घटनामा कम्तिमा ८० जना मारिएको अलजजिराले जनाएको छ । ३ सयभन्दा बढी घाइते रहेका छन् ।
यो घटनामा कोही नेपाली परे नपरेको स्पष्ट भएको छैन । अफगानिस्तामा कुटनीनितक निकायहरुमा सुरक्षा गार्डमा धेरै नेपाली कार्यरत छन् ।
परराष्ट्र मन्त्रालयका प्रवत्ता भरतराज पौडेलले आफुहरुले कावुल घटनामा नेपाली परे–नपरेको बारे बुझिरहेको बताए । ‘हामी बुझ्ने प्रयासमा छौँ । दिल्ली र इस्लामावादमा रहेका दूतावास मार्फत बुझ्ने कोशिषमा छौँ ।’
गत असारमा कावुलस्थित नेपाली सुरक्षा गार्ड चढेको गाडीमा आक्रमण भएको थियो । घटनामा १३ नेपाली मारिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहको निष्कर्ष : पार्टीमा एकताकाे सम्भावना ९९ प्रतिशत सकियाे
-
संवादहीनता तोड्दै प्रधानमन्त्री शाह, निरन्तर छलफलमा
-
साल्ट ट्रेडिङले भन्याे– मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती
-
रासायनिक मलको आपूर्ति र वितरणमा देखिएको विरोधाभासप्रति संसदीय समितिमा प्रश्न
-
अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण