तस्विरमा हेर्नुहोस् काठमाडौं महानगरका विजेताहरुको भव्य सपथग्रहण समारोह (फोटोफिचर)
विजु महर्जन
काठमाडौँ, जेठ १७ – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयरसहितका सबै स्थानीय जनप्रतिनिधिले बुधबार सपथ ग्रहण गरेका छन् ।
काठमाडौंको प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले काठमाडांै महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यसहित नवनिर्वाचित १ सय ५९ जना जनप्रतिनिधिहरुलाई सामूहिक सपथ ग्रहण गराएका ुहन् ।
सपथग्रहण समारोहलाई सम्बोधन गर्दै नवनिर्वाचित मेयर शाक्यले सबैसँग सहकार्य गरेर जनताको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले चुनावी घोषणा पत्रमा उल्लेख गरिएको प्रतिवद्धता अनुसार अघि बढने पनि स्पष्ट पारे । नवनिर्वाचित मेयर शाक्यले काठमाडौंलाई पाँच वर्ष भित्र हराभरा, स्वच्छ र सुन्दर महानगर बनाउने प्रतिवद्धता चुनावी घोषणा पत्रमा उल्लेख गरेका थिए ।
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले महानगरपालिकालाई समृद्ध र आधुनिक सहर बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले फोहोर व्यवस्थापन, प्रदुषण नियन्त्रण, ट्राफिक व्यवस्थापनको काममा पनि विशेष जोड दिने उल्लेख गरे । सपथ ग्रहण समारोहमा स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवारहरु विवेकशील नेपालकी रञ्जु दर्शना, नयाँ शक्ति पार्टी, नेपालका पवित्र बज्राचार्य लगायतको पनि उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
-
मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तीनै तहका सरकारलाई कार्ययोजना पठाइने
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर
-
‘मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला
-
विष्णु पौडेलको मुद्दामा अदालतले भन्यो– ‘वास्तविक लाभग्राहीलाई छाडेर सहजकर्तालाई मात्र मुद्दा चलाइयो’
-
मुटु रोगका बिरामीको सङ्ख्या बढ्दो, विशेषज्ञ चिकित्सकको चरम अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण