शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कार्यपालिकाको चुनावमा काँग्रेस–माओवादी गठबन्धन विजयी

बुधबार, १७ जेठ २०७४, १६ : ०५
बुधबार, १७ जेठ २०७४

जुम्ला, १७ जेठ । यहाँको तिला गाउँपालिका तथा चन्दननाथ नगरपालिकाको गाउँ÷नगर कार्यपालिकाको चुनावमा काँग्रेस–माओवादी गठबन्धन विजयी भएको छ ।

तिला गाउँ कार्यपालिकाको महिला सदस्यमा नेपाली काँग्रेसका ब्यूरा नेपाली, सपुरा कामी र नेकपा (माओवादी केन्द्र)का लक्ष्मी रावत (रोकाया) र बाटु बुढा सबैले जम्मा खसेको ४५ मतमा २८/२८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए ।

दलित अल्पसङ्ख्यकमा नेपाली काँग्रेसका हरिलाल नेपाली र नेकपा (माओवादी केन्द्र)का लालबहादुर सुनारले पनि २८÷२८ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत पौडेलेले बताए।

त्यसैगरी, चन्दननाथ नगर कार्यपालिकाको महिला सदस्यमा नेपाली काँग्रेसका विष्णुमाया शाही, माया गिरी र माओवादी केन्द्रका विनु शाही, उमादेवी उपाध्याय, चन्द्रावती उपाध्यायले खसेको जम्मा ५२ मतमा सबैले ३४÷३४ मत प्राप्त गरी विजयी भएको मुख्य जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिए ।

दलित अल्पसङ्ख्यकमा भने काँग्रेसका कालो सार्कीले ३५, पेरम सुनारले ३४ र माओवादी केन्द्रका राजेश कामीले ३४ मत ल्याएर विजय हुनुभएको जिल्ला निर्वाचन अधिकारी सुवेदीले बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप