प्रथम अन्तर्राष्ट्रिय युवा भेला सम्पन्न
बुधबार, १७ जेठ २०७४, १६ : २१
काठमाडौ,जेठ १७– काठमाडौमा प्रथम अन्तर्राष्ट्रिय युवा भेला सम्पन्न भएको छ । सम्मेलनमा सहभागीहरुले आफ्नो राष्ट्रमा भएको मानव अधिकारको स्थिति र आफ्ना योजना प्रस्तुत गरेका थिए ।
उनीहरुले संयुक्त राष्ट्र संघले राखेको दिगो बिकाश लक्ष्यलाई सफल पार्न सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
मे २६ र २७ गरी दुई दिन भएको सम्मेलनमा विश्वका १७ वटा देशका १४० जना युवा सहभागि रहेका थिए ।
कृषिमन्त्रि गौरी शंकर चौधरीले उद्घाटन गरेको सम्मेलनमा दक्षिण एशियाका संयोजक एनद्रू चाल्मर, राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुमन पाठक, राष्ट्रिय युवा परिसदका उपाध्यक्ष माधब ढुंगेल, कृषि आयोगक आयुक्त रबिन्द्र केसी,नेपाल सेनाका पुर्व कर्नेल रतिन्द्र खत्री छेत्री, पूर्व सस्त्र प्रहरी प्रमुख शैलेन्द्रकुमार श्रेष्ठ , गौरी प्रधान , शिक्षाविद प्रदीप्त कादम्बरी, लगायत सहभागी बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
-
मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तीनै तहका सरकारलाई कार्ययोजना पठाइने
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर
-
‘मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला
-
विष्णु पौडेलको मुद्दामा अदालतले भन्यो– ‘वास्तविक लाभग्राहीलाई छाडेर सहजकर्तालाई मात्र मुद्दा चलाइयो’
-
मुटु रोगका बिरामीको सङ्ख्या बढ्दो, विशेषज्ञ चिकित्सकको चरम अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण