जमिनमा छरिएका थिए अरबौंको नोट, तर यसकारण गर्न सकिन्न खर्च
बुधबार, १७ जेठ २०७४, १६ : ३२
एजेन्सी
जेठ १७ – एक समूहले रुसको सेन्ट पिटर्सबर्गको उजाड स्थानमा एक अर्ब रुबेल (रुसी मुद्रा) भेटेका छन् । अहिलेको विनिमय दरका अनुसार १८० करोड रुपैयाँ हुन्छ । तर यतिधेरै पैसाको खोजी गर्ने व्यक्तिहरुलाई भने पैसा भेटेकोमा कुनै खुसी छैन किनभने यो नोट अहिले कागज बराबर भएको छ । पूर्व सोभियत संघको पालाको यो नोट अब प्रचलनबाट बाहिरिसकेको छ । पैसा भेटिएको स्थान राजधानी मस्कोबाट १ सय ६० किलोमिटर टाढा, भ्लादिमीर क्षेत्रमा छ । यो एक पुरानो खानी हो जहाँ सोभियत संघका बेला मिसाइल राखिन्थ्यो । पैसा भेट्टाउने समूहले उक्त इलाकामा थुप्रै पैसा गाडिएको छ भन्ने खबर सुनेपछि यसको खोजबिनका लागि पुगेका थिए ।
के कतैबाट बगेर आएका थिए नोट ? उक्त जानकारी सार्वजनिक हुनेबित्तिकै देशभरका मिडियामा चर्चा हुनथाल्यो । पुरातत्व विभागका अधिकारीले अनुसन्धानपश्चात् उक्त नोट सोभियत संघको पालाको बताए । ती नोटलाई सन् १९६१ देखि १९९१ का बिच जारी गरिएको थियो । यद्यपी, अब ती नोटको कुनै मूल्य छैन । केही विशेषज्ञका अनुसार यो नोट जुन स्थानमा भेटियो त्यहाँ कुनै बेला मिसाइल राखिने गरेको बताए । यद्यपी, अब उक्त स्थानको पहिचान खानीको रुपमा भएको छ । एक अनुमानका अनुसार केही वर्ष पहिले बाढी आएको थियो, त्यही बाढीमा नोट बगेर खानीसम्म पुगेको हुनसक्छ । स्थानीय मानिसका अनुसार जुन खानीमा नोट भेटिएको थियो त्यस वरिपरि कोहीपनि बस्ने हिम्मत गर्दैन । उक्त स्थानमा कुनैबेला सोभियत संघको ब्यालेस्टिक मिसाइल कार्यक्रम चल्दथ्यो जसका कारण पूरा क्षेत्र रेडिएशनबाट प्रभावित छ । एक अधिकारीका अनुसार सोभियतको पालामा सय रुबल तलबलाई पनि निकै राम्रो मानिन्थ्यो । त्यस्तो अवस्थामा पनि यति धेरै नोट कोसँग थियो र किन यसरी छोडियो भन्ने बारे कसैलाई पनि थाहा छैन ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण