शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चुनाव सरेपछि संघीय गठबन्धनद्वारा आमहड्ताल स्थगन

बुधबार, १७ जेठ २०७४, १६ : ३२
बुधबार, १७ जेठ २०७४

काठमाडौं, जेठ १७– राजपा नेपालसहितको संघीय गठबन्धनले आमहड्तालसहितको आन्दोलनका कार्यक्रम तत्कालको लागि स्थगन गरेको छ । राजपाका नेता मनिष सुमनले पूर्व निर्धारित आज, भोलि र पर्सीका लागि तय गरिएको आन्दोलनका कार्यक्रम फिर्ता लिइएको रातोपाटीलाई जानकारी गराए । उनले चुनावको मिति सारिएकाले आफूहरुले तय गरेको कार्यक्रममा उम्मेद्वारी दर्तालगायतका निर्वाचन कार्यक्रम पनि परेकाले सर्वसाधारणको असुविधानलाई ध्यानमा राखेर सो समयको आन्दोलनको कार्यक्रम फिर्ता लिइएको बताए । यद्यपी उनले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन नरोकिने भन्दै निर्वाचन कार्यतालिकालाई प्रभावित पार्ने गरी अर्को आन्दोलनको कार्यक्रम चाँडै सार्वजनिक गरिने बताए । गठबन्धनको पूर्व निर्धारित कार्यक्रमअनुसार आज मसाल जुलुको कार्यक्रम तय थियो भने भोलि र पर्सि तराई मधेस(थरुहट र लिम्बुवानमा आमहड्ताल गर्ने घोषणा गरिएको थियो । सरकारले असार १४ गतेको लागि निर्वाचन सार्ने निर्णय गरेसँगै निर्वाचन आयोगले आजै नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार आयोगले असार २ गते उम्मेदवार मनोनयन दर्ताको कार्यक्रम राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप