पुनर्निर्माणको काममा स्थानीय तहलाई जिम्मेवार बनाउन कार्यविधि
काठमाडौं, जेठ १७–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको काममा स्थानीय तहलाई जिम्मेवार बनाउन कार्यविधि तयार पारेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले स्थानीय तहलाई जिम्मेवार बनाएर पुनर्निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन कार्यविधि तय गरिएको जानकारी दिएका हुन् । बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उनले स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर आउनु पुनर्निर्माणका लागि सुनौलो अवसर भएको पनि स्पष्ट पारे ।
प्रमुख कार्यकारी अधिकृत पोखरेलले पुनर्निर्माणका लागि स्थानीय तहलाई प्राधिकरणले पनि साधन र स्रोत उपलब्ध गराउने प्रतिवद्धता पनि जनाए । प्राधिकरणले पुनर्निर्माणका लागि स्थानीय तहका जनप्रतिनिधिहरुलाई विहिबार देखिनै अभिमूखिकरण कार्यक्रम संचालन गर्न लागिएको पनि जनाएको छ ।
प्राधिकरणले सेवाग्राहीको गुनासो सुनुवाई गर्न बुधबारदेखि टोल फ्रि नम्बरको पनि व्यवस्था गरेको छ । १६६००१७२००० नम्बरमा डायल गरी पुनर्निर्माणका लागि आवश्यक सबै खालको जानकारी दिने व्यवस्थासहितको सेवा संचालनमा ल्याएको हो । सेवाग्राहीको गुनासो सुन्न निःशुल्क टोल फ्रि नम्बरको व्यवस्था गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए । प्राधिकरणले पुनर्निर्माणको कामलाई पारदर्शी रुपमा सम्पन्न गर्न पनि टोल फ्रि सेवा उपयोगी हुने विश्वास व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण