मादी र रुपामा गाउँकार्यपालिका गठन
पोखरा, १७ जेठ । कास्कीको मादी र रुपामा गाउँकार्यपालिका गठन गरिएको छ । बाह्र वडा भएको मादी गाउँपालिकामा अल्पसङ्ख्यक र दलितमा एमालेका विमया सार्की र रनबहादुर लामा निर्वाचित हुनुभएको छ । त्यस्तै चार महिला सदस्यमा एमालेकै कल्पना गुरुङ, लोककुमारी घर्ती, विष्णुकुमारी गुरुङ र विष्णु सुवेदी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत गुरुदत्त बढकालले जानकारी दिनुभयो ।
त्यस्तै सात वडा रहेको रुपा गाउँकार्यपालिकामा दलित र अल्पसङ्ख्यकतर्पm एमालेका कृष्णबहादुर विश्वकर्मा र बमबहादुर भुजेल निर्वाचित हुनुभएको छ । महिला सदस्यमा एमालेकै हिताकुमारी रुपाखेती सार्की, मेलिना नेपाल, सरिता सुनार र सपना सुवेदी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत लेखनाथ शर्माले बताउनुभयो ।
गाउँकार्यपालिका गठनमा अध्यक्ष, उपाध्यक्ष, वडा सदस्य र सदस्य मतदाता रहने व्यवस्था गरिएको छ । मादीमा ६२ र रुपामा ३७ मतदाता सङ्ख्या रहेका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण