शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नेत्रविक्रम चन्दका दुई कार्यकर्ता पक्राउ

बुधबार, १७ जेठ २०७४, १७ : २४
बुधबार, १७ जेठ २०७४
भोजपुर जेठ १७ –भोजपुरमा नेत्रविक्रम चन्द नेतृत्वको (नेपाल कम्यूनिष्ट पार्टी)का दुईजना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा सगरमाथा व्यूरो सदस्य जिवन राई पविन र गाउँपार्टी सदस्य मानबहादुर राई रहेका छन् । उनिहरुलाई पौवादुम्मा गाउँपालिका ४ वडा कार्यलयको वोर्डमा संयुक्त जनपरिषदको नाम लेखेपछि पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी प्रमुख काजीकुमार आचार्यले बताए । यता नेपाल कम्यूनिष्ट पार्टीले भने आफ्नो कार्यकर्तालाई विना कारण पक्राउ गरिएको भन्दै विरोध जनाएको छ । जिल्ला सेक्रेटरी मादेन किरातिद्धरा जारी विज्ञाप्तिमा पौवादुम्मा क्षेत्रमा चुनावी कार्यक्रम समेत गर्न रोक लगाइएको उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप