शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पुनः एक साता अघि सारियो कक्षा ११ को परीक्षा

बुधबार, १७ जेठ २०७४, १७ : २६
बुधबार, १७ जेठ २०७४
काठमाडौं, जेठ १७– दोस्रो चरणको स्थानीय तहको निर्वाचनका कारण एक सातापछि सारिएको कक्षा ११ को परीक्षा पुरानै मितिमा गरिने भएको छ । स्थानीय तहको निर्वाचन सारिएपछि राष्ट्रिय परीक्षा बोर्डले पुरानै मितिमा परीक्षा सञ्चालन गर्ने भएको हो । असार १ गतेदेखि सञ्चालन हुने गरी परीक्षा तालिका प्रकाशित गरिएकोमा जेठ ३१ गतेको निर्वाचनको कारण जनाउँदै असार ८ गतेदेखि परीक्षा सञ्चालन गर्ने तालिका प्रकाशित गरिएको थियो । दोस्रो चरणको निर्वाचनको असार १४ गते हुने भएपछि परीक्षा पुरानै मितिमा सञ्चालन गरिने परीक्षा बोर्डले जनाएको हो । राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) को बुधबार बसेको बैठकले ११ कक्षाको परीक्षा १ असारदेखि १० गतेसम्म गर्ने निर्णय हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप