तीन युवतीले ठिटोलाई गरे अपहरण, तीनदिनसम्म सामूहिक बलात्कारपछि मरोस् भनी बाटोमा फ्याँके अर्धनग्न
डेली मेल
जेठ १७ – संसार आफ्नै गतीमा परिवर्तन भइरहेको छ– सकारात्मक र नकारात्मक दुबै तरिकाले । महिलालाई पुरुषभन्दा शारिरिक रुपमा कमजोर मानिन्छ तर संसारमा यस्ता महिला पनि छन् जो यो श्रेणीमा पर्दैनन् । अझै भन्नुपर्दा यस्ता महिलासँग पुरुषहरु सावधान हुनुपर्छ ।
अहिलेसम्म बलात्कारको कुरा आउँदा धेरैजसो पीडित महिलालाई भएको बुझिन्छ तर यहाँ यस्तो घटनाबारे जानकारी दिइँदैछ जहाँ एक पुरुषलाई महिलाको समूहले बलात्कार गरेका छन् । दक्षिण अफ्रिकाका एक २३ वर्षे ठिटोलाई तीनजना युवतीले बलात्कार गरेका छन् ।
पीडित युवक पूर्वी प्रेटोरियास्थित नेल्मापियसका हुन् । घटना गत शुक्रबारको हो जब पीडितले सोलोमोन मोहलाङ्गु ड्राइभबाट प्रेटोरिया सिबिडी जानका एउटा कम्युनल ट्याक्सी रोके । डेली मेलका अनुसार उक्त ट्याक्सीमा पहिले नै तीनजना युवती बसिरहेका थिए । उनी चढेको केही समयपश्चात् ड्राइभरले रुट परिवर्तन गरे र उनलाई अगाडिको सिटमा बस्न बाध्य बनाए ।
टाइम्सलाइभलाई उद्धृत गर्दै डेली मेलले दिएको जानकारी अनुसार ती युवकलाई त्यसपछि सुई हालियो र उनी बेहोस भए ।
दक्षिण अफ्रिकाको पुलिस सर्भिस क्याप्टेन कोलेट वेल्ब्याचले भने, ‘त्यसपछि उनले आफूलाई अपरिचित ठाउँको एक कोठाको सिंगल बेडमा पाएको बताए ।’
‘त्यसपछि ती महिलाले उनलाई इनर्जी ड्रिङ्क पिउन बाध्य बनाएर दिनमा थुप्रै पटक पालैपालो बलात्कार गरे ।’
तीन दिनपछि पीडितलाई अर्धनग्न अवस्थामा एक खेतमा फालिएको जहाँ उनले एक कारलाई रोकेर आफ्नो स्थानसम्म आएको जानकारी दिए ।
दक्षिण अफ्रिकाका पुलिस ती तीन महिलाको खोजीमा जुटिरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण