शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विरुवा रोपेर पदभार ग्रहण गर्न पुगे काठमाडौं महानगरका मेयर

बुधबार, १७ जेठ २०७४, १७ : ३६
बुधबार, १७ जेठ २०७४

काठमाडौं, जेठ १७–काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज पदभार ग्रहण गरेका छन् । बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनबाट काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित शाक्यले आज पदभार ग्रहण गरेका हुन् । सुन्धारास्थित महानगरपालिका कार्यालयमा पुगेर पदभार गरेका उनले भोलिदेखि लागू हुने गरी क्लिन काठमाडौं अभियान सुरु गर्नेसम्बन्धी निर्णयमा हस्ताक्षर गरे । सोहि क्रममा उपमेयर हरिप्रभा खड्गीले पनि पद पदबहाली गरिन् । यसअघि राष्ट्रिय सभागृहमा आयोजित एक विषेश कार्यक्रममार्फत मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले उनीहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए भने सो पछि महानगरपालिका परिसरमा रहेको बगैंचामा रुद्राक्षको विरुवा रोपेका थिए । विरुवा रोप्ने काम सकिएसँगै उनीहरु पदभारका लागि कार्यालय पुगेका हुन् ।

तस्विरमा हेर्नुहोस् काठमाडौं महानगरका विजेताहरुको भव्य सपथग्रहण समारोह (फोटोफिचर)

नेवारी भाषामा लिए काठमाडौं महानगरका मेयर र उपमेयरले सपथ

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप