सनराइज बैंकको शाखा मकवानपुरको हेटौंडामा
बुधबार, १७ जेठ २०७४, १७ : ३९
काठमाडौं, जेठ १७– सनराइज बैंक लिमिटेडले मकवानपुर जिल्लाको हेटौंडामा शाखा स्थापना गरेको छ ।
उक्त शाखा कार्यालयको उद्घाटन बुधबारका नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय वीरगंजका निर्देशक धनञ्जय शर्मा र हेटौंडा उपमहानगरपालिकाका मेयर हरीबहादुर महतले संयुक्त रुपमा गरेका हुन् ।
बैंकले साबिकको नारायणी नेशनल फाइनान्सलाई प्राप्ती गर्दा नारायणगढमा दोहोरिएको शाखाको कारोबार एउटा शाखामा एकीकृत गरी अर्को शाखालाई हेटौंडामा स्थानान्तरण गरिएको हो ।
यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पु¥याउन सक्षम हुुुुनुका साथै मकवानपुर क्षेत्रका ग्राहकलाई सुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा प्रादन गरिने तथा उक्त शाखाबाट ग्राहकलाई छुटका साथ लकर सेवासमेत उपलब्ध गराइएको छ ।
सनराइजले ७० वटा शाखा र ८१ वटा एटीएममार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण