चीनको सहयोगमा केन्यामा गुड्यो शताब्दीकै पहिलो रेल
एजेन्सी
नाइरोबी, जेठ १७ – केन्याले तटीय सहर मोमबासा र राजधानी नैरोबी जोड्ने नयाँ रेलवे शुरुवात गरेको छ । निर्धारित समयभन्दा १८ महिनाअघि नै यो रेलमार्ग सम्पन्न भएको हो ।
चीनको झण्डै अर्ब डलर सहयोगमा निर्माण भएको रेलमार्ग उद्घाटन गर्दै राष्ट्रपति उहुरु केन्याटाले यसले देशको इतिहासमा नयाँ अध्याय थपेको बताए ।
रेलवे लाइन भत्काउने खोज्ने चार जना पक्राउ परेपछि उनले त्यस्तो पाइएमा मृत्युदण्डको सजाय समेत दिने चेतावनी दिए ।
चिनियाँ प्रविधिको प्रयोगबाट यो साढे तीन वर्षमा सम्पन्न गरिएको हो ।
स्वतन्त्रतापछि केन्याको यो सबैभन्दा ठूलो पूर्वाधार परियोजना हो ।
४७० किलिोमिटर लामो रेलमार्ग भुपरिवेष्ठित राष्ट्र सुडान, कंगो, रुवान्डा बुरुन्डी र इथोपियालाई जोड्ने छ जसले हिन्द महासगारसम्म पुग्न उनीहरुलाई मद्दत गर्नेछ ।
गत हप्ता मात्र केन्याटाले नैभिसा र किसुमु जोड्ने २५० किलोमिटर लामो रेलमार्गका लागि चीनबाट थप ३.६ अर्ब डलरको सहयोगको प्रतिबद्धता पाइसकेका छन् ।
१२२ वर्ष अघि बेलायती साम्राज्यबाट स्वतन्त्रता पाएको केन्याले त्यसयता बनाएको यो पहिलो रेलमार्ग हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण