यती बैंकको वित्तीय साक्षरता अभियान
बुधबार, १७ जेठ २०७४, १७ : ५४
काठमाडौं, जेठ १७– यती डेभलपमेण्ट बैंक भक्तपुर शाखाले भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप कलेज, देकोचा भक्तपुरमा जेठ १६ र १७ गते वित्तीय साक्षारता अभियान सञ्चालन गरेको छ ।
बैकका वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेको सभापतित्वमा आयोजना भएको कार्यक्रममा बैंकको भक्तपुर शाखाका शाखा प्रबन्धक आश जरेजुले आश्वा प्रणाली, एटीएम कार्ड लगायत अनलाइन बैकिङको उपयोगिताबारे प्रस्तुति दिएका थिए ।
यसैगरी, बैकका कर्मचारी मञ्जु स्थापित, रमिता देउपाला र रोशन सिंखडाले क्रमशः जाली नोट चिन्ने विधि, बचत, लघुवित्त, रेमिट्यान्स र खाता सञ्चालन विधिबारे आ–आफ्नो प्रस्तुती दिएका थिए ।
कलेजका बीबीएस अध्ययनरत करिव दुई सय जना विद्यार्थीहरु तथा शिक्षक शिक्षकाहरुको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथि कलेजका प्राचार्य रुपक जोशी र उपप्राचार्य राजेशकुमार श्रेष्ठले सो कार्यक्रम विद्यार्थीहरुका लागि अध्ययनसँगै व्यवहारिक ज्ञानकालागि समेत उपलब्धिमुलक भएको भन्दै खुशी व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण