एक्स्प्लोर अर्थमुभर्सको नयाँ उपकरण बजारमा
बुधबार, १७ जेठ २०७४, १८ : २२
काठमाडौं, जेठ १७ – एक्स्प्लोर अर्थमुभर्स प्रालि काठमाडौंले निर्माण क्षेत्रमा पछिल्लो समय ९१३८ र ९१९० मोडलका २ प्रकारका एसडिएलजि ग्रेडरहरु उपलब्ध गराएको छ ।
प्राविधिक रुपमा सर्वोत्कृष्ट हुनाको साथै कडा क्वालिटी नियन्त्रण प्रक्रिया अन्तर्गत उत्पादन गरिएका छन् । मोडल ९१३८ मा तीन प्रकारका ब्लेडहरु ८ फिट, १० फिट र १२ फिट साइजका रहेका छन् भनें ९१९० मोडल १३ फिट र १५ फिट साइजका ब्लेडहरुयुक्त छन् । यसैगरी यो ग्रेडरमा रिपर, स्क्यारिफायर र वातावनुकुलित क्याबिन जस्ता सुविधाहरु प्नि रहेका छन् ।
थप विशेषताहरुमा च्यासिसको अग्र भागमा क्याबिन हुनु हो, भने जसले काम गरिरहेको अवस्थालाई अवलोकन गर्न सहजता प्रदान गर्दछ यसले गर्दा कार्य क्षमता र काम सम्पादन पनि अझ राम्रोसँग गर्न सकिने कम्पनीको दावी रहेको छ । आरओपिएस र एफओपिएस मोडल ९१९० का स्तरीय विशेषताहरु रहेका छन् ।
पछाडीको एक्सलन चिप्लने, अलग्गै खाले एक्सलका साथ जडान गरिएका छन् । तीन थरीका पावर मोड र स्वचालितक्रुज नियन्त्रकले सर्वोत्कृष्ट कार्य उपयोगिता र ग्रेडर योग्यता उपलब्ध गराउन मद्दत गर्दछ ।
सानडोङ लिङगोङ मेशिनरी क.लि.(एसडिएलजि) को स्थापना सन् १९७२ मा भएको थियो । निर्माण उपकरणहरु उत्पादन गर्ने चिनीयाँ कम्पनीहरु मध्येको एक अग्रणी कम्पनी हो, यसले एसडिएलजि ब्राण्डबाट बजार प्रवद्र्धन गर्दैै आएको छ ।
कम्पनीले आफ्नै विश्व स्तरीय निर्माण प्रविधि लिङगोङ उत्पादन प्रणालीको प्रयोग गर्दे आएको छ, जसबाट कम्पनीका ह्वील लोडर्स, ब्याक हो लोडर्स र सडक उपकरणको क्वालिटी, क्षमता र विश्वसनीयता सुनिश्चित् गर्न सक्षम भएको जनाएको छ ।
सन् २००६ मा एसडिएलजिले भोल्भो समुहसँग सहकार्य गरेपछि कम्पनीलाई व्यवस्थापकीय अनुभव र प्राविधिक सहयोगमा उत्तम अन्तर्राष्ट्रिय इन्टरप्राइजेजको साथ प्राप्त भएको छ ।
सहकार्यको कारण कम्पनीले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई मजबुत बनाउन सफलता हासिल गरेको जनाएको छ । यसैगरी सन् २००७ मा भोल्भो कन्स्ट्रक्सन इकवीपमेन्टले एसडिएलजिमा थप लगानी गर्ने सम्बन्धमा एक सम्झौता गरेपछि एसडिएलजिको उत्पादन क्षमता अभिवृद्धि गर्नमा अझ सहयोग पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण