व्यापार घाटा नियन्त्रण अबको मुख्य चुनौति: प्रधानमन्त्री
बुधबार, १७ जेठ २०७४, १८ : ०४
काठमाडौ, जेठ १७– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यापार घाटा नियन्त्रण नेपालका लागि अब मुख्य चुनौति भएको बताएका छन् ।
बुधबार दिउँसो नेपाल पशु चिकित्सा परिषदका पदाधिकारीहरुको सपथ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले अध्याँरो युग बिस्थापित गरेको भन्दै आर्थिक बृद्धिदर पनि उत्साहवद्र्धक रहेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने ‘विकास आयोजनाहरुमा तिब्र प्रगति हुँदैछ, ठूला योजनाहरु निर्माणले गति लिएको छ, आर्थिक परिसूचकहरु सकारात्मक छन् । तर, पनि व्यापार घाटाको स्थिति सन्तोषजनक छैन । अबको हाम्रो चुनौति बढ्दो व्यापार घाटा नियन्त्रण गर्नु हो । यसमा राज्यले नै गम्भीर रुपमा ध्यान दिनुपर्छ ।’
नेपाल पशुपालन र पशुपंक्षी उत्पादनमा आत्मनिर्भर बन्दै गएकोमा प्रधानमन्त्रीले खुसी समेत व्यक्त गरे । ‘नेपाल पशुपालनमा आत्मनिर्भर बन्दै गएको छ । कृषि र पशुपालनको क्षेत्रमा हामी पुरै आत्मनिर्भर बन्न सक्छौं । तर, हामीले यो क्षेत्रलाई अझै फोकस गर्न सकेका छैनौं । राज्यले गरेको लगानीको राम्रो प्रतिफल आउने क्षेत्र यही हो’, प्रधानमन्त्रीले भने ।
सो अवसरमा नेपाल पशु चिकित्सा परिषदमा नेपाल सरकार मन्त्री परिषदको मिति २०७४ जेठ ८ गतेको बैठकले नियुक्त गरेका पदाधिकारीहरुलाई सपथ गराइएको थियो । सपथ लिनेहरुमा अध्यक्षमा डा. सीताराम अर्याल, सदस्यमा स्वयप्रकाश श्रेष्ठ र रजिष्टारमा डा. नारायणप्रसाद घिमिरे रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण