वेंगर अझै २ वर्ष आर्सनलमै रहने
एजेन्सी
लण्डन, जेठ १७ – आर्सनलका प्रशिक्षक आर्सन वेंगरले क्लबसँग थप दुई वर्षको करार अनुबन्ध गरेका छन् ।
यदी उनले यो करार पूरा गरे भने उनले क्लबको नेतृत्वमा २३ वर्ष पूरा गर्नेछन् ।
६७ वर्षीय वेंगर र आर्सनल दुवैले यसलाई अन्तिम करारको रुपमा बताएका छैनन् ।
आगामी ट्रान्सफर विन्डोमा आर्सनलले नयाँ खेलाडी भित्र्याउन कम्तिमा १ सय मिलियन पाउण्ड खर्च गर्ने तयारी गरेको छ ।
सन् १९९६ मा फ्रेन्च प्रशिक्षकले नेतृत्व सम्हालेपछि आर्सनल पहिलोपटक यस सिजन शीर्ष चारभन्दा बाहिर रहन पुगेको थियो ।
लिगमा शीर्ष स्थानमा रहेको चेल्सीभन्दा १८ अंकले पछाडि परे पनि आर्सनलले एफए कपको फाइनलमा चेल्सीलाई हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो ।
सन् २००३–०४ मा अपराजित रहँदै टोलीलाई प्रिमियर लिगको उपाधि दिलाए यता आर्सनलले लिग उपाधि जित्न सकेको छैन ।
पछिल्ला १३ वर्षमध्ये ११ सिजनमा आर्सनल शीर्ष स्थानमा रहेको टोलीबाट १० वा सोभन्दा अंकले बढी पछि परेको छ ।
पछिल्लो समय उनीमाथि क्लब छाड्न क्लबकै समर्थकहरुले दबाब दिइरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण