फोटो पत्रकारलाई 'फेस टु फेस' तालिम
बुधबार, १७ जेठ २०७४, १८ : २६
काठमाडौं, जेठ १७– सूचना विभागको आयोजनामा फोटोजर्नालिस्ट क्लब नेपालले फोटो पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले फोटोपत्रकारको सेवाकालीन तालिम शुुरु गरेको छ ।
एक महिनाअघिदेखि अनलाइनमार्फत शुरु हुँदै आएको तालिम बुधवारबाट नेपाल पर्यटन बोर्डको हलमा फेस टु फेस तालिम शुरु भएको हो ।
तालिममा छापा तथा अनलाइन मिडियामा कार्यरत २५ फोटोपत्रकारको सहभागीता रहेको छ । फोटोपत्रकारको क्षमता अभिवृद्धि गर्ने उदेश्यले सूचना विभागको आयोजनामा फोटो जर्नालिस्ट क्लब नेपालले सहकार्य गर्दै उक्त तालिम शुुरु गरेको हो ।
कार्यक्रममा सुचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, सूचना विभागका महानिर्देशक कृष्ण राई, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट लगायत अनलाइन तथा छापा माध्यममा कार्यरत फोटोपत्रकारहरुको सहभागिता रहेको छ ।
सूचनाको महत्वपूर्ण अंगका रुपमा फोटोपत्रकारहरु रहेको भन्दै उनीहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न सीपमूलक तालिम आवश्यकता रहेको सुचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले बताए । आगामी दिनमा पनि फोटोजर्नालिस्ट क्वलसँग सहकार्य गर्दै फोटोग्राफी सम्बन्धि विभिन्न तालिम सञ्चालन गर्ने योजना गरेको सचिव गुरुङले बताए ।
घटनास्थलमै गएर दृश्य संकलन गर्नुपर्ने चुनौती फोटोपत्रकारको रहेको भन्दै नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले फोटोपत्रकार दुर्घटना वीमा हुनुपर्ने बताए । घटना हुँदा तत्कालै फिल्डमा खटेर जोखिम मोलेर समाचार दृश्य संकलन गर्दा ज्यान र क्यामरा फुट्न समेत खतरा रहेको भन्दै अध्यक्ष विष्टले फोटोपत्रकारको सुरक्षाको ग्यारेन्टी प्रमुख हुनुपर्ने बताए ।
अहिलेको युग सूचना र प्रविधिको युग रहेको भन्दै सूचना विभागका महानिर्देशक कृष्ण राईले फोटोले समाचारलाई स्पष्ट तथा तथ्यपूर्ण बनाउन प्रमाणको काम गर्ने भन्दै सूचना प्रवाहमा फोटो महत्वपूर्ण रहेको बताए ।
फोटो पत्रकारको क्षमता अभिबृद्धि गर्न पिजे क्लबले विभिन्न तालिमको आवश्यकता रहेको भन्दै पिजे क्लबका अध्यक्ष विकास कार्कीले भविष्यमा पनि सूचना विभागसँग मिलेर सहकार्य गर्दै विभिन्न तालिम सञ्चालन गर्दै जाने बताए ।
तालिममा वल्र्ड प्रेस फोटो मास्टर क्लासको नोमिनेशन कमिटीका प्रतिनिधि समेत रहेका फिलीपिनका प्रशिक्षक जिम्मी डोमिङो, नरेन्द्र श्रेष्ठ लगायतले प्रशिक्षण दिनेछन् । तालिम जेठ २३ गतेसम्म पर्यटन बोर्डमा चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण