शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पुनःसर्वेक्षणका लागि तेह्र महिला इन्जिनियर परिचालन

बुधबार, १७ जेठ २०७४, १८ : ३७
बुधबार, १७ जेठ २०७४
काठमाडौँ, जेठ १७ – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा पर्न नसकेका भूकम्पपीडित परिवारको विवरण सङ्कलन गर्न १३ महिला इन्जिनियरलाई आजदेखि जिल्लामा खटाएको छ । इन्जिनियरले पहिलो चरणमा नुवाकोट र दोलखाको स्थलगत निरीक्षण गर्नेछन् । गुनासो सम्बोधन गर्दा पुनःसर्वेक्षणमा परेका करिब एक हजार बढी घरको निरीक्षण गरी लाभग्राही सूचीमा नपर्नुका कारण र उनीहरुको वास्तविक अवस्थाबारे जानकारी लिने प्राधिकरणका सूचना व्यवस्थापन महाशाखा प्रमुख उपसचिव मनोहर घिमिरेले जानकारी दिए । घर भत्किएर पनि लाभग्राही सूचीमा पर्न नसकेको अति प्रभावित १४ जिल्लाबाट धेरै गुनासो आएपछि सम्बोधन गर्ने प्रयासमा प्राधिकरणले पहिलो चरणमा इन्जिनियरलाई जिल्लामा पठाएको हो । प्राधिकरणमा आज आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेल, सचिव सर्वजीतप्रसाद महतो, कार्यकारी सदस्य डा हरिराम पराजुली लगायतले जिल्ला जान लागेका इन्जिनियरलाई बिदाइ गरे। सो अवसरमा प्रमुख कार्यकारी अधिकृत डा पोखरेलले भूकम्पका कारण पीडित बनेका परिवारका जायज गुनासोसमेत सम्बोधन हुन नसकेकाले वास्तविक अवस्था बुझेर आउन इन्जिनियरलाई निर्देशन दिए । इन्जिनियरले ल्याउने विवरणका आधारमा प्राधिकरणले पुनःजाँच तथा सर्वेक्षणमा परेका परिवारलाई लाभग्राही सूचीमा समावेश गर्नेछ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप