टाटाको एक्स्चेन्ज अफर सम्पन्न
बुधबार, १७ जेठ २०७४, १८ : ४९
काठमाडौं, जेठ १७ – नेपालका लागि टाटा मोटसर््को आधिकारिक वितरक सिप्रदी टेडिङ्ग प्रा.लि.ले यही जेष्ठ ४ देखि जेष्ठ ११ गतेसम्म चलेको ‘शानदार एक्स्चेन्ज अफर’ सम्पन्न गरेको छ ।
आफ्ना ग्राहकहरुलाई सही एक्सचेन्ज मूल्य प्रदान गरि उत्कृष्ट सुविधा दिने उद्देश्यले उक्त एक्स्चेन्ज अफर नेपालका मुख्य शहरहरुमा संचालन गरेको थियो ।
उक्त अफर वीरगंजमा जेष्ठ ४, जावालाखेल र बुटवलमा जेष्ठ ५, थापाथलीमा जेष्ठ ६, नक्साल र नेपालगंजमा जेष्ठ ७ र नारायणघाटमा जेष्ठ ८ गते सम्पन्न गरिएको हो ।
उक्त एक्स्चेन्ज अफर अन्तर्गत जुनसुकै ब्राण्डका कारहरुको अविश्वसनीय मूल्य प्राप्त गरि ग्राहकहरुले आफ्नो पुरानो गाडी नयाँ टाटा जेस्ट, बोल्ट, टियागो, स्ट्रोम वा सुमोसँग एक्स्चेन्स गर्न मिल्ने व्यवस्था गरिएको थियो ।
सोही अवसरमा ग्राहकहरुलाई पुरानो गाडीको उचित मूल्याङ्कनसहित २५% डाउन पेमेन्ट, १०.९९–१४% सम्मको ब्याजदर, अन द स्पट फाइनान्स सुविधा, शून्य प्रतिशत सर्भिस चार्ज र एक्स्चेन्सको लागि छिटो छरितो र झन्झटरहित प्रकृयाजस्ता विशेष सुविधाहरु प्रदान गरिएको कुरा कम्पनीले जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण