अष्ट्रेलिया जाँदै हुनुहुन्छ ? कसरी जाने थाहा पाउनुहोस्
बुधबार, १७ जेठ २०७४, १८ : ४९
काठमाडौं, जेठ १७– तपार्इँलाई नेपालबाट अष्ट्रेलिया पढ्न र करिअर बनाउन जाने चाहना छ ? चिन्ता नलिनुस् । तपाई अब कन्सल्टेन्सी धाइरहनु पनि पर्दैन । अष्ट्रेलिया जान चाहनेहरुलाई जानकारी दिने उद्देश्यले सिड्नीमा बसेका युवाहरुले वेब पोर्टल सञ्चालनमा ल्याएका छन् ।
अष्ट्रेलियाबाटै त्यहाँको जीवन, विश्वविद्यालय, कोर्ष, आम्दानीको अवस्थाका साथै कसरी अष्ट्रेलिया प्रोसेस गर्ने लगायतका विषयमा वेबपोर्टलमा जानकारी दिइने सञ्चालकहरुले जनाएका छन् ।
नेपालीपेज डटकम वेब पोर्टलले नेपाली तथा अंग्रेजी भाषामा नेपालबाट अष्ट्रेलिया जान चाहने तथा अष्ट्रेलियामा रहेका नेपालीहरूलाई अष्ट्रेलिया र त्यहाँको अवसरबारे सूचित गर्ने वेब पोर्टल संचालक तथा प्रोग्रामर मदनमणि अधिकारीले बताए।
एक वर्षदेखि अष्ट्रेलियाको नेपाली उपस्थिति, विद्यार्थीका समस्या अध्ययन गरेर यसको प्राविधिक तथा सामग्री योजनाबद्ध ढंगले विकास गरेको अधिकारीले बताए । उनले नेपालमा पत्रकारिता गरेको अनुभव र अष्ट्रेलियाको सफ्टवेयर ईन्जिनियरिङको सिप प्रयोग गरेर आफू जस्तै अष्ट्रेलिया आउन चाहने विद्यार्थीलाई अष्ट्रेलिया अध्ययनका तिता मिठा भोगाई र संभावनाका बाटा पहिल्याउन सहयोग गर्ने हिसाबले यसलाई अघि बढाएको बताए । उनले वेब पोर्टलको एण्ड्रोईड एप समेत सुरू हुन लागेको जानकारी दिए ।
वेब पोर्टलकी म्यानेजिङ एडिटर संगिता घिमिरेले आफूहरूले विशेष गरेर अष्ट्रेलियामा कस्तो कलेज एवम् कोर्ष पढ्ने, कसरी सस्तो शुल्क भएको कोर्ष तथा कलेज, युनिभर्सिटी छान्ने, कुन शहरमा बस्दा सस्तो सजिलो हुन्छ, कसरी पीआरको प्रक्रिया अपनाउने देखी अष्ट्रेलियामा घर किन्ने सम्मको जानकारी प्रकृयागत रूपमा प्रस्तुत गर्दै जाने बताइन् ।
नेपालबाट पीआर लिएर तथा विद्यार्थी भिषामा अष्ट्रेलिया जान चाहनेहरूका लागि अष्ट्रेलियाको रोजगारको बजार, सामयिक कोर्ष तथा अष्ट्रेलिया पुगेपछी काम तथा बसोबासको अवस्थाबारे जानकारी लिन मद्दत हुने पनि घिमिरेले बताइन् ।
नेपालीपेजले अष्ट्रेलिया र नेपालमा रहेका नेपालीलाई गुणस्तरिय डिजिटल कन्टेन्ट नेपाली र अंग्रेजी भाषामा उपलब्ध गराउने र त्यसबाट दुवै देशमा रहेका नेपाली साथै विश्वभरका नेपाली लाभान्वित हुने पोर्टलका डिजीटल पब्लिसिङ म्यानेजर प्रमेश श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण