शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लमजुङ महोत्सवको नाफा सामाजिक क्षेत्रमा खर्च

बुधबार, १७ जेठ २०७४, १९ : ०३
बुधबार, १७ जेठ २०७४
लमजुङ (बेसीसहर) जेठ १७ – गत माघमा सम्पन्न पाँचौ लमजुङ महोत्सवबाट बचत भएको रकमबाट करिब रु चार लाख सामाजिक क्षेत्रमा खर्च गरिएको छ । महोत्सवबाट कुल नाफा भएको रु ३० लाख ३९ हजारमध्ये तीन लाख ९१ हजार सामाजिक क्षेत्रमा खर्च गरिएको हो । महोत्सव आयोजक लमजुङ उद्योग वाणिज्य सङ्घ लमजुङले आज पत्रकार भेटघाट गरी खर्चको बारेमा जानकारी गराएको हो । सङ्घका महासचिव श्रीकृष्ण लामीछानेका अनुसार जिल्लामा रहेको लायन्स सर्वोदय बृद्धाआश्रममा रु २४ हजार ४९८, आदर्श महिला तथा बाल विकास केन्द्रमा रु २४ हजार ४९८ खर्च भएको छ । यस्तै बचत रकमबाट जिल्ला स्थित दैविप्रकोप उद्धार कोषमा रु ४८ हजार ९९७, ऐतिहासिक गाउँसहर जाने सडक निर्माणका लागि रु दुई लाख, ४४ हजार र बेसीसहरमा सिसी क्यामेरा व्यवस्थापनका लागि रु २४ हजार ९९७ खर्च गरिएको लामीछानेले बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप