यस्ता अभियोगमा ३ सय १८ नेपाली विदेशी जेलमा
बुधबार, १७ जेठ २०७४, १९ : ०९
काठमाडौँ, जेठ १७ – भारतबाहेक विभिन्न देशमा कम्तीमा ३सय १८ जना नेपाली नागरिक विदेशी जेलमा रहेको भेटिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत परराष्ट्र सल्लाहकार शाखाको अग्रसरतामा विश्वका विभिन्न देशको जेलमा रहेका आफ्ना नागरिकको खोजी सुरु गरिएपछि सो सङ्ख्यामा नेपाली नागरिक मृत्युुदण्ड तथा जन्मकैदसहित विभिन्न सजाय पाएर जेलमा रहेको भेटिएको हो ।
जेलमा रहेका नेपालीलाई हत्या, लागुुऔषध प्रयोग तथा कारोबार, मानव तस्करी, चोरी, ठगी, बलात्कार, मादक पदार्थ उत्पादन, प्रयोग तथा बिक्रीजस्ता आरोप लागेको भेटिएको छ ।
नेपाली दूतावास रहेका र नरहे पनि प्रमाणीकरण हुुने विश्वका विभिन्न ३२ वटा राष्ट्रमा उल्लिखित सङ्ख्यामा नेपाली नागरिक जेलमा भेटिएको प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार शाखाका सदस्य सुशील ढुङ्गानाले जानकारी दिए ।
जेलमा रहेका नागरिकमध्ये १७ जनालाई मृत्युुदण्ड र ४३ जनालाई जन्मकैदको सजाय सुुनाइएको छ भने २३९ जनालाई कम्तीमा एक महिनादेखि ५० वर्षसम्मको जेल सजाय तोकिएको छ ।
यस्तै, थप १४ जनालाई मृत्युुदण्ड र तीन जनालाई जन्मकैद हुुन सक्नेगरी ती देशमा मुुद्दा चलाइएको छ । मलेसियामा विभिन्न घर फिर्ती केन्द्रमा सामान्य अभियोगमा थुुनामा रहेका नागरिकको सङ्ख्या मात्रै करिब ५०० को हाराहारीमा रहेको छ । सामान्य अभियोगमा मध्यपूर्वका अन्य देशमा समेत नेपाली नागरिक थुुनामा रहने गरेका छन् ।
सबैभन्दा बढी बन्दी साउदी अरेबिया, कुुबेत र कतारमा रहेका छन् । मलेसियालगायत मध्यपूर्वका खाडी राष्ट्र र दक्षिण कोरिया, चीन, थाइल्यान्ड, पाकिस्तान, श्रीलङ्का, कम्बोडिया, सिङ्गापुुरजस्ता देशमा नेपाली जेलमा रहेका छन् ।
प्रधानमन्त्री पुुष्पकमल दाहाल‘प्रचण्ड’ले वैदेशिक रोजगार र विदेशमा रहेका नेपाली नागरिकको अवस्था बुझ्न दिएको निर्देशनपछि प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार शाखाले सो तथ्याङ्क तयार पारेको हो ।
भारतमा समेत ठूलो सङ्ख्यामा नेपाली जेलमा रहेको बताइए पनि उनीहरुको तथ्याङ्क नआइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण