ग्रामीण महिलाको १४ घन्टा घरायसी काममा
बुधबार, १७ जेठ २०७४, १९ : ३४
काठमाडौँ, जेठ १७ – ग्रामीण भेगका महिलाले घरायसी काममा झन्डै १४ घन्टा व्यतीत गर्ने गरेको एक अध्ययनले देखाएको छ ।
अक्सफाम नेपालले आयोजना गरेको ‘घरायसी काम र ज्यालादारी कामबीचको असमानता’ विषयको एक कार्यशालामा प्रस्तुत अध्ययन प्रतिवेदनमा घरायसी कामलाई कामका रुपमा नहेर्ने प्रवृत्तिको अन्त्य आवश्यक रहेको उल्लेख छ ।
इन्टिच्युट अफ डेभलपमेन्ट स्टडिस (आइडिएस) र इन्स्टिच्युट अफ सोसियल स्टडी ट्रस्ट (आइएसटी)ले कर्णाली खाद्यान्न कार्यक्रमअन्तर्गत जुम्ला जिल्लामा र उद्यम विकास कार्यक्रमअन्तर्गत सुर्खेतमा गरेको अध्ययनका आधारमा सो प्रतिवेदन तयार पारिएको हो ।
सरकारले लागू गरेको कर्णाली रोजगार कार्यक्रम र अक्सफाम नेपालले लागू गरेको उद्यम विकास कार्यक्रमका आधारमा महिलासँगको छलफल र अन्तर्वार्ताका आधारमा सो प्रतिवेदन तयार पारिएको अक्सफामकी प्रतिनिधि रस्ना ढकालले जानकारी दिए ।
घरभित्र र बाहिर दुवै ठाउँमा श्रम गर्नुपर्दाको अवस्था, समाधानका उपाय तथा सरकार र गैरसरकारी क्षेत्रले गर्नसक्ने पहलको विषयसमेत प्रतिवेदनमा औँल्याइएको छ ।
महिलाको दोहोरो भूमिकाको पहिचान, दोहोरो भूमिका घटाउने उपाय र कामको पुनः वितरण कसरी गर्ने भन्नेमा अध्ययन केन्द्रित रहेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण