पुनःनिर्माणसम्बन्धी जिज्ञासा भए पैसा नलाग्ने नम्बरमा फोन गर्नुस्
बुधबार, १७ जेठ २०७४, १९ : ४१
काठमाडौँ, जेठ १७ – निजी आवाससम्बन्धी कुनै गुनासो छ वा पुनःनिर्माणसम्बन्धी कुनै जानकारी चाहिएको छ भने अब पैसा नलाग्ने (टोल फ्री) सेवा उपयोग गर्न पाउने भएका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आजदेखि यस्तो सेवा सुरु गरेको हो । अब भूकम्पपीडितले आवास निर्माण तथा पुनःनिर्माणसम्बन्धी कुनै जानकारी चाहिए वा गुनासो गर्नुपरे प्राधिकरणको हेल्पलाइनमा फोन गर्न सक्नेछन् ।
नेपाल टेलिकमको फोन प्रयोगकर्ताले १६६०–०१–७२००० र एनसेल प्रयोगकर्ताले ९८०१५–७२१११ मा फोन गर्दा आवश्यक जानकारी पाउनेछन् । इच्छुकले गुनासो दर्ता गरेको भोलिपल्ट जवाफ दिने व्यवस्था गरिएको छ । जवाफ दिन प्राधिकरणले नै प्रश्नकर्तालाई फोन गर्ने व्यवस्था मिलाइएको छ । यो सेवा २४ सै घन्टा उपलब्ध हुनेछ ।
सेवाको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेलले नमुना गुनासो गरी शुभारम्भ आज गर्नुभयो । उहाँले पहिलो किस्ता लिई मापदण्डअनुसार जग हालेको तर दोस्रो किस्ता लिने प्रक्रिया पूरा गर्नका लागि कोही पनि अवलोकन गर्न नआएको नमुना गुनासो गरिएको थियो।
‘यो सेवा लाखौँ भूकम्पपीडितका लागि उपयोगी हुन्छ, यसले पुनःनिर्माणमा थप सहयोग गर्नेछ, यसका कारण पीडित तथा प्राधिकरणबीच दुईतर्फी सञ्चारमा मद्दत पुग्छ’ – उनले भने
सेवा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक तथा प्राविधिक सहयोगमा सुरु गरिएको सो अवसरमा जानकारी गराइयो । शुभारम्भ कार्यक्रममा युएनडिपीकी नेपाल उपनिर्देशक सोफी केम्खाडजेले सेवाले प्राधिकरणलाई स्थानीयस्तरको स्थिति बुझ्न सहयोग गर्ने विश्वास व्यक्त गरे । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण