‘न्यु रेनो क्विड एएमटी’ गाडी बजारमा
बुधबार, १७ जेठ २०७४, १९ : ५२
काठमाडौं, जेठ १७ – रेनोको नेपालका लागि आधिकारिक बितरक, एडभान्स अटो मोबाइल्स प्रा.लि. (विशाल ग्रुपको सहायक),ले अल न्यू रेनो क्विड एएमटी अनावरणको गरेको छ ।
रेनो क्विड एएमटी अत्याधुनिक प्रविधि तथा लक्जरी सहित बजारमा उपलब्ध गरिएको कम्पनीले जनाएको छ ।
नयाँ रेनो क्विड एएमटीमा ईजी–आर टेक्नोलोजी ५ स्पीड एएमटी प्रविधि रहेको छ । यसको डयस माउन्टेड एएमटी डायलमा तीन प्रकारका मोडहरु रहेका छन्–
रिजर्भको लागि आर, न्यूट्रलका लागि एन तथा ड्राइभका लागि डी छन् भने सहज रुपमा गाडी चलाउने डिजाइन बनाईएको छ ।
यो गाडि चलाउँदा सजिलो र नियमित एक्सिलेरेसनको अवस्थामा अत्याधुनिक कन्ट्रोल यूनिटले स्वचालित रुपमा गीयर सिफ्ट गर्दछ । रेनो क्विड एएमटी रेन्जको शुरुवाती मूल्य रु. २०,९६,५०० रहेको छ, जसले यो मूल्यका श्रेणीमा यो गाडीलाई उत्कृष्ट गाडिको रुपमा सार्वजनिक गरेको छ ।
रेनो क्विड एएमटी डाइनामिक परफरमेन्स, उच्चतहको शक्ति, र साहसिक यात्राको अनुभव लिने गरि रणनीतिक रुपमा डिजाइन गरिएको छ ।
क्विड एएमटी २ संस्करणमा उपलब्ध छ – रेनो क्विड १.०ली एएमटी आरएक्सटी ओ तथा रेनो क्विड १.० एएमटी आरएक्सएल यो श्रेणीको पहिलो एएमटी मध्यम वर्गिय कार्यरत परिवार तथा व्यवसायीक व्यक्तिहरुका लागि सहज रुपमा यात्रा गर्न डिजाइन गरिएको कम्पनीको दावी छ । भारतमा रेनो क्विड एएमटीको मध्यम वर्गिय परिवार तथा व्यवसायीक व्यक्तिहरुले प्रयोग गरिरहेको प्रवृत्ति जस्तै रेनो नेपालले पनि यस तहका मध्यम वर्गिय परिवार तथा व्यवसायीक व्यक्तिहरुका लागि यो गाडी ल्याएको जनाएको छ ।
यसको सजिलो आर गियर बक्स आविस्कारिक सीफ्ट कन्ट्रोल डायलका साथमा संचालन गर्न सकिन्छ, जून सेन्टर कन्सोलमा इन्फोटेनमेन्ट सिस्टमको तल्लो भागमा रहेको छ । यसले म्यानुअल गीयर तथा क्लच दबाउनु पर्ने परम्परागत प्रणालीलाई परिवर्तन गरेको छ । यसमा रहेको इनोभेटिभ सीफ्ट कन्ट्रोल डायल तीन मोडहरुमा आउँछ– रिभर्स, न्यूट्रल, ड्राइभ ले सहज रुपमा प्रयोग गर्ने गरि स्मार्ट डिजाइन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण