‘नेपाली सेना राष्ट्रियता सम्बद्र्धनको आधारशीला’
बुधबार, १७ जेठ २०७४, २० : १२
काठमाडौँ, वैशाख १७ – रक्षामन्त्री बालकृष्ण खाँणले नेपाली सेनाबाट पछिल्लो समय राष्ट्रिय विकासमा गुणस्तरीय र परिणाममुखी काम भइआएको बताएको छ ।
आफ्नो कार्यकालमा सम्पादन भएका मुख्यमुख्य कामबारे पत्रकारलाई जानकारी गराउँदैै उनले राष्ट्रिय सुरक्षा, स्वाधीनता र अखण्डताको लागि अर्थपूर्ण भूमिकामा रहेर हरहिसाबले प्रतिबद्ध र व्यावसायिक सङ्गठनका रुपमा नेपाली सेनाले जिम्मेवारी सम्हाल्दै आएको बताए।
विकास निर्माणमा सेनाको संलग्नताले राष्ट्रिय सुरक्षा र व्यावसायिकताप्रति प्रश्न उठ्छ भनेर आशङ्का नगर्न आग्रह दिँदै रक्षामन्त्री खाँणले भने, ‘राष्ट्रियताको सम्बद्र्धनको आधारशीलाका रुपमा नेपाली सेना रही आएको छ ।’
विश्व शान्ति स्थापनाको कार्यमा ज्यादै भरपर्दो सैनिकका रुपमा पहिचान स्थापित गराउन सफल नेपाली सेनालाई कामअनुरुपको जिम्मेवारी र सङ्ख्या बढाउन संयुक्त राष्ट्रसङ्घसँग छलफल भइरहेको जानकारी दिँदै उनले मुलुकको शान्ति र विकासका लागि सैनिक कूटनीतिलाई पनि अघि बढाइएको बताए ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको विकास र समृद्धि लक्ष्य प्राप्तिका लागि संविधान कार्यान्वयनमा सेनाले योगदान पु¥याउँदै आएको स्मरण गर्दै रक्षामन्त्री खाँणले अनुशासित तुल्याउने, आत्मबल बढाउने र राष्ट्रियताको भावना जागृत तुल्याउने नेपाली सेना मातहत सञ्चालनमा रहेको राष्ट्रिय सेवा दलको कार्यक्रमप्रति युवा पुस्तामा आकर्षण र विश्वास बढेको उल्लेख गरे ।
उनले भने – ‘राष्ट्रिय सेवा दलको ३५० अधिकृत रहने गरी दरबन्दी स्वीकृत भएको छ । मुलुकका ६६ जिल्लामा रहेको यसको सङ्गठनलाई विस्तार गरी सबै जिल्लामा पुर्याइने छ । अहिले हरेक कलेजमा सेवा दलको कार्यक्रम माग भइआएको छ ।’
एक प्रश्नको जवाफमा उनले आवश्यकता र औचित्यका आधारमा दुई रथीको कार्यकाल थप गरिएको स्पष्ट पारे।
सो अवसरमा रक्षा सचिव श्रीधर सापकोटाले मन्त्री खाँणको नेतृत्व कालमा १६ वर्षपछि छिमेकी चीनका रक्षामन्त्रीबाट नेपाल भ्रमण हुनु, नेपाली सेनाको दुई पृतना थपिने प्रस्ताव अघि बढ्नु, दू्रतमार्गको जिम्मेवारी नेपाली सेनाले पाउनु जस्ता महत्वपूर्ण कार्यभएको विवरण प्रस्तुत गरे ।
सेनालाई बङ्करबाट व्यारेकमा ल्याउने, सैनिक हवाई क्षमता वृद्धि गर्ने, गोली बारुद उत्पादन उद्योग स्थापना गर्नेजस्ता योजना मन्त्रालयले अघि बढाइरहेको बताउँदै उनले सैनिक अस्पतालमा गैरसैनिक नागरिकले उपचार सेवाप्राप्त गर्ने तथा मोबाइल अस्पतालमार्फत मुलुकका विभिन्न भागमा सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गर्नेजस्ता काम भएको जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण