शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एलईडी बल्ब खरिद प्रक्रियाको बाटो खुल्यो

बुधबार, १७ जेठ २०७४, १९ : ५८
बुधबार, १७ जेठ २०७४
काठमाडौं, जेठ १७– सर्वोच्च अदालतले एलइडी बल्ब खरिद प्रक्रिया रोक्नु नपर्ने आदेश सुनाएको छ । बुधबार न्यायाधीश दीपकराज जोशी र मीरा खड्काको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला सुनाएको हो । मुद्दाको अन्तिम टुंगो नलागेसम्म अब एलइडी बल्ब खरिदको प्रक्रियामा कुनै अवरोध नहुने भएको छ । सर्वोको यो आदेशसँगै अब नेपाल विद्युत प्राधिकरणले एलइडी बल्ब खरिदको प्रक्रिया अघि बढाउन पाउने भएको छ । प्राधिकरणले २ करोड थान एलईडी बल्ब खरिद गर्ने निर्णयको विरुद्ध अधिवक्ता नारायण चौलागाईले रिट दायर गरेका थिए । सर्वोच्चले जेठ ५ गते बल्व खरिद प्रक्रियाबारे सरकारसँग लिखित जवाफ मागेको थियो । कमिशनको चक्करमा एलइडी बल्व खरीद गर्न लागिएको विभिन्न सञ्चार माध्यामहरुमा आएपछि प्राधिकरण प्रमुख कुलमान घिसिङले पत्रकार सम्मेलन गरी सफाइसमेत दिएका थिए । उनले आफूले भ्रष्टाचार गरेको भेटेमा मर्न तयार भएको समेत अभिब्यक्ति दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप