विदेशबाट फर्किएर उपाध्यक्षमा उम्मेदवारी
बुधबार, १७ जेठ २०७४, २० : २४
गुल्मी, (तम्घास)जेठ १७ – वैदेशिक रोजगारका लागि विदेश गएकी गुल्मीकी एक महिला स्वदेश फर्किएपछि गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बनेकी छन् ।
गुल्मी इस्मा गाउँपालिका–१ हस्तिचौरकी ३६ वर्षीया विमला खत्री नेकपा (एमाले)का तर्फबाट ईस्मा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बनेकी हुन् ।
दुई वर्षअघि साइप्रस पुगेकी विमला नेपालमा स्थानीय तहको चुनाव घोषणापछि उम्मेदवार दिनका लागि महिनाअघि स्वदेश फर्किनुभएकी थिइन् ।
स्वदेश फर्किएसँगै नेकपा (एमाले) जिल्ला कमिटी गुल्मीले विमलालाई सर्वसम्मत इस्मा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
विमलाले गाउँको विकास र महिलाका हक र अधिकारका लागि आफूले उम्मेदवारी दिएको भन्दै मत माग्न थालेकी छिन । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण