वरिष्ठ न्यायाधीश पराजुलीलाई प्रधानन्यायाधीश नबनाउन माग गर्दै सर्वोच्चमा रिट
बुधबार, १७ जेठ २०७४, २० : ३१
काठमाडौँ, जेठ १७ – सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीशको पदमा सिफारिस नगर्न आदेशको माग गर्दै आज रिट निवेदन दायर गरिएको छ ।
राष्ट्रपति कार्यालय, संसदीय सुनुवाइ समिति, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश पराजुली, संवैधानिक परिषद्, न्याय परिषद्लाई विपक्षी बनाई अधिवक्ता विकास गिरीले सो रिट निवेदन दायर गरेको थियो ।
नागरिकता र शैक्षिक योग्यतासम्बन्धी विवाद भएका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस नगर्न रिट निवेदनमा आदेशको माग गरिएको छ ।
भावी प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र उमेरसम्बन्धी विषयमाथि नै प्रश्न उठ्नु सामान्य विषय नभएको जनाउँदै विवादित त्यस्ता विषयमा आफैंले वस्तुनिष्ठ प्रमाण पेस गर्नुपर्ने उल्लेख गरिएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीको कार्यावधि यही जेठ २४ गते सकिँदैछ । प्रधानन्यायाधीशको कार्यकाल सकिन एक महिनाअघि नै संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ, तर अझसम्म हुन सकेको छैन । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण