राष्ट्रिय आविष्कार केन्द्रकालागि जापानमा ३ दिने सांगीतिक कार्यक्रम हुने
बुधबार, १७ जेठ २०७४, २१ : ०२
जापान, (टोकियो) १७ – राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पुनको सम्मान तथा राष्ट्रिय आविष्कार केन्द्र सहयोगार्थ जापानमा ३ दिने साँगितिक कार्यक्रम गरिने भएको छ ।
जापानको प्रमुख ३ शहरमा हुने उक्त कार्यक्रमको आयोजना राष्ट्रिय आविष्कार सहयोग समिति जापानले गर्ने भएको हो ।
अमेरिकामा अध्ययन समाप्त भएसंगै नेपाल फर्किएर निरन्तर बिकट ग्रामिण क्षेत्रमा प्रविधिको क्षेत्रमा बिभिन्न काम गर्दै आएका पुनको सहायोगार्थ उक्त कार्यक्रम हुन गइरहेको आयोजकले जनाएको छ । ‘सिंगो नेपालले नै गर्ब गर्ने ूराष्ट्रिय आविष्कार केन्द्रू को स्थापना नेपालमा आबस्यक छ र त्यसको स्थापना भनेको देश बिकाशको एक चरण भएको आयोजकले दावी गरेको छ ।
उक्त अनुसन्धान केन्द्र स्थापनाका लागि पछिल्लो समय विभिन्न क्षेत्र देशहरुबाट आर्थिक संकलन गर्ने कार्य तिब्र भएको त छ, सहयोगी हरु बढ्ने क्रम निकै छ । आविष्कार केन्द्रका अध्यक्ष महाबिर पुनले आफुले आज सम्म पाएका मेडल बेच्ने घोषणा गरे संगै एकाएक सबैलाइ ध्यान तानेको छ ।आविष्कार केन्द्रलार्इ सहयोग गर्ने हेतुले जापानबाट पनि राष्ट्रिय अनुसन्धान केन्द्र सहयोग समिति गठन गरि यसको प्रक्रिया अगाडी बढाएको आयोजक समितिका एक सदस्यले बताए ।
नेपालबाट ख्याती प्राप्त कलाकारसंगै महाबिर पुन पनि जापान आउने कार्यक्रम तय भएको बताईएको छ । जुलाई महिनाको पहिलो हप्ता हुने कार्यक्रम ओसाका नागोया र टोकियो गरि ३ स्थानमा हुने बताईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण