शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

काबुल घटनाप्रति देउवाद्वारा दुःख ब्यक्त

बुधबार, १७ जेठ २०७४, २१ : १७
बुधबार, १७ जेठ २०७४
काठमाडौं, जेठ १७– अफगानिस्तानको काबुलमा बुधबार भएको घटनाप्रति नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुःख ब्यक्त गरेका छन् । अफगानिस्तानको राजधानी कावुलस्थित अति संवेदनशील कुटनीतिक क्षेत्रमा बुधबार विहान भएको शक्तिशाली कारबम विष्फोटमा परी ८० जनाको मृत्यु भएको थियो । विस्फोटमा परी ५ नेपाली सहित कम्तिमा ३५० जना घाइते भएका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवाले घटनाप्रति दुःख ब्यक्त गर्दै घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । काँग्रेस कार्यालय सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी पार्टी सभापति देउवाले घटनाप्रति दुःख ब्यक्त गरेको जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप