सिरहामा युवकको धारिलो हतियार प्रहार गरी हत्या
बुधबार, १७ जेठ २०७४, २१ : २५
रामभरोसी यादव
सिरहा, जेठ १७– सिरहा नगरपालिका ४ रमौलमा एक युवकको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा पुरुषको शव फेला परेको छ । धारिलो हतियारले टाउकाको पछिल्लो भाग र अनुहारमा प्रहार गरी हत्या गरी फालिएको अवस्थामा लक्ष्मीपुर ३ थलहाका करिव ३३ वर्षीय शत्रुधन यादवको शव फेला परेको हो ।
प्रहरी गस्तीमा रहेको प्रहरी टोलीले विहान पख रमौल गाउँभन्दा दुई सय मिटर पर बाटोमा बाँसझ्याङ नजिक लडेर रहेको शव फेला परेको थियो । टोलिले थप प्रहरी मगाएको थियो ।
यादवलाई टाउकोको पछिल्लो भाग र अनुहारमा धारीलो हतियारले प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ । हत्या गरिएका यादबको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिरहा लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिए । हत्या कसले र किन हत्या गरेको भेन्न अझै नखुलेको एसपी कोइरालाले बताए ।
सिरहा नगरपालिका ६ मा यादवको ससुराली छ । उनका दुई श्रीमती छन् । श्रीमतीसँगको विवादका कारण उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । प्रहरीले अनुसन्धानको लागि कान्छी श्रीमती र सालोलाई नियन्त्रणमा लिएको जनाएपनि थप अनुसन्धन जारी रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण