शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

राजपाको सहभागिताविना मधेसमा चुनाव हुन सक्दैनः यादव

बुधबार, १७ जेठ २०७४, २१ : ३४
बुधबार, १७ जेठ २०७४
सिरहा, जेष्ठ १७ – राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजकिशोर यादवले आफ्नो पार्टीको सहभागिताबिना चुनाव हुन नसक्ने दाबी गरेका छन् । मिर्चैयाको घुर्मिबजारमा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै नेता यादवले मधेसीको सम्पूर्ण अधिकार प्राप्त नभएसम्म आफूहरु चुनावमा नजाने । मधेसी जनता विरोधी संविधान संस्थागत गर्न चुनाव गर्न लागिएको आरोप लगाउँदै उनले अहिलेको चुनावमा आफ्नो पार्टीले भाग नलिने बताए । अहिले हुन लागेको स्थानीय निकायको निर्वाचन मधेसी जनताको पक्षमा नभएको भन्दै उनले संविधान संशोधन नभएसम्म पार्टी चुनावमा नजाने बताए । उनले राजपाको सहभागिताविना मधेसमा चुनाव हुन नसक्ने उनले जिकिर गरे । राज्यले मधेसमा आफ्नो पार्टीको सहभागीता विना चुनाव गराउने दुशाहास गरे जस्तो सुकै परिस्थितिको सामना गर्न तयार रहेको बताए । उनले भने, ‘हामी चुनाव विरोधी होइनौं, तर राज्यले मधेसी जनताको भावना विपरित जवरजस्ती चुनाव गराउन चाहे हाम्रो पार्टी चुनाव विथोल्नेसम्मको आन्दोलनमा जान बाध्य हुनेछौं ।’ नेता यादवले समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावमा जाने गरेको निर्णय आत्मघाती भएको दावी गरे । उनले उपेन्द्र्र्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले चुनावमा जाने निर्णय गर्नु आत्मघाती भएको टिप्पणी गरे । ५४ जना मधेसीको ज्यान जाने गरी आन्दोलन गरेर अहिले धोका दिएको उनले उपेन्द्रमाथि आरोप लगाए । कार्यक्रममा पार्टीका महासचिव रामकुमार मण्डल, केन्द्रय सदस्यहरु तथा जिल्लाका नेताहरुको उस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप