सबैलाई सहभागी गराउन निर्वाचन सार्नुपरेको हो : सञ्चारमन्त्री
बुधबार, १७ जेठ २०७४, २१ : ४५
दमक, जेठ १७ – सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दोस्रो चरणको निर्वाचनमा सवैलाई सहभागी गराउन सरकारले निर्वाचनको मिति सारेको बताए ।
नेकपा (माओवादी केन्द्र)ले आज झापाको कमल गाउँपालिकाको क्याम्पा बजारमा आयोजना गरेको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले अब भने घोषित मितिमा दोस्रो चरणको निर्वाचन निष्पक्ष, धाँधलीरहित हुने उल्लेख गरे ।
उनले मधेसमा आन्दोलित राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउन असार १४ गते निर्वाचन सार्नुपरेको स्पष्ट पारे ।
दोस्रो चरणको निर्वाचनमा कसैले शङ्का नगर्न आग्रह गर्र्दै मन्त्री कार्कीले पहिलो चरणको निर्वाचनबाट देशले एक फड्को मारेको छ भने।
उनले माओवादीमा राजनीतिक इमान्दारिता भएको भन्दै सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएको उल्लेख गरे ।
कमल गाउँपालिकामा उम्मेदवार घोषणा
माओवादी केन्द्रले कमल गाउँपालिकाको अध्यक्षमा अधिवक्ता विमल सङ्ग्रौलालाई उम्मेद्वार बनाएको छ । यस्तै उपप्रमुखमा गौरी राई उम्मेदवार बनेका छन् ।
त्यसैगरी सो गाउँपालिकाको सातैवटा वडामा वडा अध्यक्षसहित सबै पदको टुङ्गो लगाएको छ । जसअनुसार वडा नम्बर १ को अध्यक्षमा पर्शुराम सुवेदी, २ को अध्यक्षमा प्रताव सुब्बा, ३ को अध्यक्षमा छत्रहाङ फागो, ४ को वडा अध्यक्षमा सूर्यप्रसाद सुब्बा, ५ को वडा अध्यक्षमा नरमाया तामाङ, वडा नम्बर ६ को अध्यक्षमा कलमराज सङ्ग्रौला र ७ नम्बरको वडाअध्यक्षमा रविन गुरुङलाई उम्मेद्वार बनाएकोे छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण