शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भरतपुरको स्थगित मतगणना सुरु गर्न नागरिक अभियानको माग

बुधबार, १७ जेठ २०७४, २१ : ५६
बुधबार, १७ जेठ २०७४
काठमाडौं, जेठ १७– भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि रोकिएको मतगणना प्रक्रिया तत्काल सुरु गर्न विभिन्न क्षेत्रबाट माग गरिएको छ । भरतपुर महानगरपालिकामा वैशाख ३१ गते सम्पन्न भएको निर्वाचनको मत परिणामलाई असर पु¥याउने गरी जेठ १४ गते राती मतपत्र च्यात्ने कार्य भएकाप्रति नागरिक अभियानले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सामुदायिक रेडियो प्रशारक संघ, राष्ट्रिय युवा महासंघ नेपाल, निर्वाचन पर्यवेक्षण समिति, बर्हिगर्मित पूर्व लडाकु नेपाल, निर्वाचनका लागि युवा साझा अभियान, नेपाल मानव अधिकार संगठन र अनौपचारिक सेवा केन्द्र (इन्सेक) संंलग्न स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले बुधबार विज्ञप्ति जारी गरी तत्काल मतगणना सञ्चालन गर्न माग गरेको छ । मतगणना प्रक्रिया तत्काल सुरु गर्न, घटनाका आरोपितलाई कानुनी कारबाहीको दायरामा ल्याउन तथा आगामी दिनमा यस्ता खालका घटना नदोहोरिने किसिमको सुरक्षा प्रबन्ध गर्न पनि अभियानले माग गरेको छ । घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न र भविष्यमा यस्तो घटना दोहोरिन नदिने निर्वाचन आयोगलाई विशेष सावधानी अपनाउन अभियानले जोड दिएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा माओवादी केन्द्रका कार्यकर्तालाई पक्राउ गरी मुद्दा दायरसमेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप