राजपाका दुई केन्द्रीय सदस्यसहित नौ सय कार्यकर्ता फोरम नेपालमा प्रवेश
बुधबार, १७ जेठ २०७४, २२ : ४१
हातमा आएको ‘ब्यालेट’ सदुपयोग गर्न उपेन्द्र यादवको आह्वान
राजविराज, जेष्ठ १७ – राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का दुई जना प्रभावशाली केन्द्रीय सदस्य संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
जिल्लामा चुनाव जित्ने गरी जनाधार बनाएका केन्द्रीय सदस्यद्घय भीमराज यादव र भरत साहले राजपा परित्याग गरी फोरम नेपालमा प्रवेश गरे ।
सप्तरीको राजविराजमा बुधबार आयोजित पार्टी प्रवेश एवं चुनावी सभामा फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको हातबाट टिका लगाएर राजपाका नेताहरुले पार्टी प्रवेश गरेका छन् । दुई जना केन्द्रीय सदस्यसहित सयौंको संख्यामा कार्यकर्ताहरुले पार्टी परित्याग गरेसँगै सप्तरीमा राजपालाई ठूलो धक्का लागेको छ ।
केन्द्रीय नेताद्घय भीमराज यादव र भरत साहको नेतृत्वमा राजपा सप्तरीका ६ सय कार्यकर्ता प्रवेश गरेका छन् । राजपा गठन हुनुअघि भीमराज यादव राजेन्द्र महतो नेतृत्वको तत्कालीन सद्भावना पार्टीमा केन्द्रीय सदस्य थिए । भरत साह भने शरतसिंह भण्डारी अध्यक्ष रहेको तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टीमा केन्द्रीय सदस्य थिए ।
एमालेको अवरोधले संविधान संशोधनका लागि दुई तिहाई बहुमत नपुग्ने यथार्थ थाहा हुँदाहुँदै पनि चुनावलाई सदुपयोग गर्नुपर्नेमा त्यसलाई विथोल्ने गतिविधिमा लागेकोले राजपा परित्याग गरेको उनीहरुले प्रतिक्रिया दिए । प्रतिकूल परिस्थितिमा दूरगामी रणनीतिका साथ चुनावलाई पनि संघर्षकै कार्यदिशा बनाएका उपेन्द्र यादवको नीति सही लागेर फोरम नेपाल प्रवेश गरेको नवप्रवेशी राजपाका नेताद्घय यादव र साहले बताए ।
यसैगरी, नेकपा माओवादी केन्द्रका नेता राजेन्द्र यादव र नेपाली कांग्रेसका नेता कमल नारायण चौधरीको नेतृत्वमा तीन सय कार्यकर्ताले आ–आफ्नो माऊ पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । हातमा आएको ब्यालेट सदुपयोग गर्न उपेन्द्र यादवको आह्वानपार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको हातमा ब्यालेट आएकोले त्यसको सदुपयोग गरेर अगाडि बढ्न आह्वान गरेका छन् ।
मधेशी जनताका लागि स्थानीय निकाय महत्वपूर्ण अवसर भएको बताउँदै उनले भने ‘मधेशी जनताको हातमा अहिले ब्यालेट आएको छ, त्यसैले ब्यालेटको सदुपयोग गरेर देखाउनु जरुरी छ ।’
बवर्तमान स्थानीय तहमा अत्याधिक अधिकार प्रत्यायोजित गरिएको दावी गर्दै फोरम अध्यक्ष यादवले मधेशी जनतालाई चुनावमा भाग लिएर अधिकार आफ्नो हातमा लिन समेत आग्रह गरे । मधेशको स्थानीय सत्ता मधेशीको हातमा दिन चुनावलाई उपयोग गर्दै अधिकार प्राप्तिको संघर्षलाई अगाडि बढाउनु पर्नेमा अध्यक्ष यादवले जोड दिए ।
विभिन्न आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न तथा मजबूत रुपमा उपस्थिति देखाउनकै लागि आफूहरु चुनावमा भाग लिएको बताउँदै उनले भने ‘अघिल्लो संविधानसभाको निर्वाचनमा मधेशबाट मधेशीहरुको उल्लेख्य रहे पनि दोस्रो संविधानसभाको चुनाव व्यापक सहभागिता लागि मधेशको मुद्दा स्थापित गर्न थप संघर्ष गर्नुपरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण