मेडिकल कलेज सञ्चालन गर्न पहल हुने
बिहीबार, १८ जेठ २०७४, ०७ : ४४
धनगढी, १८ जेठ - त्रिविवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज आगामी तीन वर्षमा सञ्चालनमा ल्याउन आफूले पहल गर्ने बताएका छन् ।
कलेज भवनको निर्माण कार्यबारे जानकारी लिन बुधबार गेटा पुगेका उनले पत्रकारसँग कुरा गर्दै माफियासँग मिलेर केही नेताले कलेज निर्माणको प्रक्रिया रोक्न खोजेकोमा आफ्नो दबाबपछि शिलान्यास भई निर्माण कार्य अघि बढेको दाबी गरे ।
उनले माफियासँग मिलेर निजी मेडिकल कलेज सञ्चालन गर्ने काम बन्द गराउन आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
साबिक गेटा गाविसको गेटी गाउँमा मेडिकल कलेज निर्माणाधीन छ । चालु वर्षमा एक÷एकवटा कलेज भवन र अस्पताल भवन निर्माण भइरहेको छ । यसका लागि चालु वर्षमा ५० करोड बजेट विनियोजन गरिएको थियो ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण