नमुना मतदानमै अलमलिए मतदाता
बिहीबार, १८ जेठ २०७४, ०७ : ४७
खोटाङ, १८ जेठ - स्थानीय तहको दोस्रो निर्वाचनका लागि जिल्लामा सञ्चालित मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको पाइएको छ । गाउँ–गाउँमा तालिम प्राप्त मतदाता शिक्षा स्वयम्सेवक परिचलान गरिएको भएपनि अपेक्षितरुपमा प्रभावकारी बन्न नसकेको पाइएको हो ।
जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको भएपनि जिल्ला निर्वाचन कार्यालयले बुधबार आयोजना गरेको नमुना मतदान कार्यक्रममा ११ मत बदर भएको छ । ४३ जनाले नमुना मतदानमा सहभागिता जनाएकामा ११ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।
नमुना मतदानमा सहभागी ज्येष्ठ नागरिक मतपत्र लामो भएका कारण मतहाल्ने क्रममा अलमलमा परेका थिए । अलमलमा परेका सहभागीले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचन कार्यालयका प्रतिनिधि, दलका प्रतिनिधि, पर्यवेक्षक लगायतसँग जानकारी लिएपछि मात्र नमुना मतदानमा सहभागी भएका थिए ।
कतिपय मतदाताले मत हाल्ने विधिकै विषयमा जानकारी नपाएको पाइएको छ । गोप्य कोठामा गएर स्वस्तिक चिह्न मसीमा चोब्न नजानेर मत हालेको ठाउँमा स्वस्तिक चिह्न नदेखिँदा दोहो¥याएर छाप हाल्ने गरेको देखिएको छ । कतिपय मतदाता मतपत्र पट्याएर मतपेटिकामा खसाउने क्रममा समेत अलमलमा परेका थिए । नमुना मतदानमा देखिएको अलमलले जिल्लामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको टिप्पणी गरिएको छ ।
जिल्लामा गत वैशाख १ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम वैशाख १२ गतेदेखि स्थगित गरेर पुनः जेठ ५ गतेदेखि सञ्चालन गरिएको छ । १७३ मतदान केन्द्र रहेको जिल्लामा स्थानीय तहको निर्वाचनका लागि १७५ जना मतदाता शिक्षा स्वयम्सेवक खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण