किस्पाङमा कार्यपालिका गठन
बिहीबार, १८ जेठ २०७४, ०७ : ४९
नुवाकोट, १८ जेठ - किस्पाङ गाउँपालिकामा कार्यपालिका सदस्यहरु निर्वाचित भएका छन् । नेपाली काँग्रेसको वर्चस्व भएकाले कार्यपालिकामा चयन हुने ६ जना काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
कार्यपालिकाको सदस्यका लागि निर्वाचित महिला सदस्यबाट वडा नं ५ का पोटी तामाङ र सीता सुनार, ३ का फुलमाँया तामाङ र २ का सुनिता परियार निर्वाचित भएको निर्वाचन अधिकृत हरिप्रसाद घिमिरेले जानकारी दिए । दलिततर्फ वडा नंं १ का अर्जुन विश्वकर्मा र अल्पसङ्ख्यकतर्फ वडा नं ४ का कृष्णमान घले निर्वाचित भए ।
महिला, दलित र अल्पसङ्ख्यक प्रतिनिधित्व सुनिश्चित भएसँगै किस्पाङ गाउँपालिकाको कार्यपालिका र गाँउसभाले पूर्णता पाएको छ । किस्पाङको कार्यपालिकामा १३ सदस्य र गाउँसभामा २९ सदस्य छन् ।
नुवाकोटमा कायम रहेका १२ स्थानीय तहमध्ये मेघाङ र तादीमा यसअघि नै गठन भइसकेको छ । बाँकी नौ स्थानीय तहमा उम्मेदवारी दर्तापश्चात् मतदान तालिका सार्वजनिक गरिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण