शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

हिन्दू स्वयंसेवक संघको 'संघ शिक्षा वर्ग' विराटनगरमा सुरु

बिहीबार, १८ जेठ २०७४, ०८ : ३४
बिहीबार, १८ जेठ २०७४
जेठ १८, विराटनगर - हिन्दू स्वयंसेवक संघ नेपालको २१ दिने संघ शिक्षा वर्ग प्रथम वर्षको उद्घाटन भएको छ । अन्तर्राष्ट्रिय बौद्ध महासंघ, नेपाल शाखाका अध्यक्ष फुपु छेम्बे शेर्पा 'थुप्तेन जिग्दोल'ले संघ शिक्षा वर्ग प्रथम वर्षको उद्घाटन गरेका हुन् । के हुन्छ संघ शिक्षा वर्गमा ? -विराटनगरमा आयोजित वर्गमा आएका प्रशिक्षार्थीले २० दिन ज्ञान (तालिम) हाँसील गर्नेछन् । -दैनिक रुपमा शारीरिक, बौद्धिक कार्यक्रमका माध्यमबाट संस्कार, संस्कृति, समाज र स्वदेश भक्तिको शिक्षा प्राप्त गर्नेछन् । -आफ्नो व्यक्तित्व विकास गर्दै कसरी विकास यात्रालाई समाजसँग जोड्ने भन्ने विषयमा साधना एवं चिन्तनद्धारा शिक्षा दिइनेछ । -२० दिनको नियमित कार्यक्रम बिहान ५ बजे जागरणसँग सुरुवात गरिनेछ । -र राती १० बजे विश्रामका लागि दीप निर्वाण गरिन्छ । शिक्षा तथा ज्ञान प्राप्त गर्ने उदेश्यले देशका विभिन्न जिल्लाबाट प्रशिक्षार्थीहरु विराटनगर आएका छन् । सामूहिकता, समरसता, सहकार्य जस्ता गुणको अभ्यास खेल, भोजन, गीत, योगाभ्यास जस्ता माध्यमबाट सिकाइ हुने हुँदा यो आफैंमा एउटा विशिष्ट प्रकारको वर्ग हुने आयोजक हिन्दू स्वयंसेवक संघ नेपालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप