जिल्ला अस्पतालमा दन्त सेवा सञ्चालन : दाँत सफा तथा बलियो बनाउन यस्तो उपाय
बिहीबार, १८ जेठ २०७४, ०९ : १६
पर्वत, १८ जेठ - जिल्ला अस्पताल पर्वतमा अवरुद्ध भएको दन्त सेवा ६ महिनापछि सञ्चालन भएको छ । अस्पतालमा उपचारार्थ चिकित्सक मुक्ति रानाभाटको सरुवा भएसँगै गएको पुस महिनादेखि दन्त सेवा नै प्रभावित भएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय पर्वतको पहलमा स्वास्थ्य सेवा विभागले दन्त रोग विशेषज्ञ चिकित्सक पठाएसँगै दन्त सेवा सञ्चालन भएको जिल्ला अस्पताल पर्वतले जनाएको छ । जिल्ला अस्पताल पर्वतमा आइतबारदेखि उक्त सेवा सञ्चालन भएको हो ।
-दन्त सेवा सञ्चालन भएसँगै दाँतको उपचार गर्ने बिरामीको सङ्ख्यामा समेत वृद्धि भएको दन्त रोग विशेषज्ञ चिकित्सक सन्तोष पण्डितले बताए ।
-दन्त सेवा सञ्चालन भएसँगै सो सेवा लिनका लागि पर्वतलगायत बागलुङ जिल्लाका बिरामी अन्य ठाउँमा जानुपर्ने बाध्यता हटेको छ ।
-पर्वत जिल्लाका जनतालाई सेवा दिन आवश्यक साधन स्रोतको व्यवस्थापन गरी निरन्तरता सेवा दिने चिकित्सक पण्डितले बताए ।
-दाँतमा किरा लागेको र दाँत टुटेका र अन्य दाँतका आएको समस्याको परामर्श दिइने छ ।
-दाँतका बिरामी भएका बालक, वृद्धवृद्धा र अन्यका लागि यो सेवा सहज भएको छ ।
चिकित्सक पण्डितका अनुसार दाँत सफा तथा बलियो बनाउन:
-दिनहुँ दुई पटक दाँत माझ्ने ।
-गुलियो खानेकुरा खाएपछि मुख कुल्ला गर्ने ।
-रातमा सकेसम्म गुलियो खानेकुरा नखाने ।
-बोतलको बिर्को खोल्दा, ओखर फोड्ने जस्ता कामका लागि दाँतको प्रयोग नगर्ने ।
-दाँतको सफाइ राम्रोसँग गर्ने ।
-खाना खाएपछि कुल्ला गर्ने लगायतका कुरामा ध्यान दिनुपर्ने छ ।
यदि गिजा सुन्निने, दुख्ने तथा रगत आउने भएमा तत्कालै दन्त चिकित्सककामा गएर उपचार गराइहाल्न उनको सुझाव छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण