शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अनाथ बालबालिकालाई इद उपहार

बिहीबार, १८ जेठ २०७४, ०९ : २१
बिहीबार, १८ जेठ २०७४
इनरुवा, १८ जेठ - सुनसरीको भोक्राहा गाउँपालिकामा रहेको एक मुस्लिम गैरसरकारी संस्थाले बुधबार ७० टुहरा तथा अनाथ बालबालिकालाई लत्ताकपडासहितका उपहार वितरण गरेको छ । जकात फाउन्डेसन अमेरिकाको आर्थिक सहयोग र मिल्लत एजुकेसनल एन्ड वेलफेयर सोसाइटीको आयोजनामा अनाथ तथा टुहुरा ७० बालबालिकालाई लत्ताकपडासहितका सामग्री वितरण गरिएको हो । इस्लामनगर सुनसरीमा रहेको सोसाइटीले औपचारिक कार्यक्रमको आयोजना गरी इद गिफ्ट–२०१७ अन्तर्गत ७० बालबालिकालाई सो सामग्री उपहारस्वरुप वितरण गरेको हो । उक्त संस्थाले मुसलमानको महान् पर्व रमजान मनाउनका लागि सबैलाई सहज होस् भन्ने उद्देश्यले इद गिफ्ट कार्यक्रमअन्तर्गत चप्पल, लत्ताकपडा लगायतका सामग्री वितरण गरिएको आयोजक संस्थाका महासचिव डा खुर्सिद आलमले बताए । मुस्लिम अरफेनेज नेपाल संस्था दर्ता गरी २०१३ देखि अनाथ बालबालिकाको शिक्षादीक्षासहितको बसोबासको बन्दोबस्ती मिलाउँदै आएको संस्थामा हाल ७० जना बालबालिका छन् । यसअघि रमजानको अवसरमा करिब ३०० भन्दा बढी परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप