शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चीनले दियो उपल्लो मुस्ताङ्गीलाई यस्तो सामाग्री

बिहीबार, १८ जेठ २०७४, ०९ : २८
बिहीबार, १८ जेठ २०७४
मुस्ताङ, १८ जेठ - छिमेकी राष्ट्र चीनले उपल्लो मुस्ताङका दुई गाउँपालिकालाई सात करोड ५० हजारको निर्माण सामग्री सहयोग गरेको छ । चीनको सीमावर्ती मुस्ताङको लोमान्थाङ र दालोमे गाउँपालिकाका स्थानीयवासीलाई चीन सरकारले विभिन्न निर्माण सामग्री सहयोग गरेको हो । चीनले हरेक वर्ष उपल्लो मुस्ताङलाई निर्माण र खाद्यान्न सहयोग गर्दै आएको छ । इलाका प्रशासन कार्यालय लोमान्थाङका प्रमुख जितेन्द्र बलामीका अनुसार : चीनबाट आएका समाग्री, -सय टन सिमेन्ट -५० टन छड -६ हजार पिस प्लाइउड -१० हजार पिस ब्याम्बू प्लाइउड -सातहजार पिस उडकिप -११ हजार पिस जस्तापाता कोरला नाका हुँदै ल्याइएको उक्त सामग्री चीन सरकारका प्रतिनिधिले दुई गाउँपालिकाका प्रमुखलाई हस्तान्तरण गरेका थिए । उक्त सामग्रीलाई उपल्लो मुस्ताङका दुई गाउँपालिकाका स्थानीयवासीलाई वितरण गरी निर्माण कार्यमा खर्चिने दालोमे गाउँपालिकाका प्रमुख लोप्साङ छोम्फेल विष्टले बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप